२७ मंसिर, बारा ।
बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।
झडपमा मेयर साह र आन्दोलनकारी दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् । प्रजिअ मैनालीका अनुसार १० जना प्रहरी नै घाइते भएका हुन् ।








