चितवन, २७ मङ्सिर
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि संकाय अन्तर्गतको पाँचौ सेमेष्टरको मोलिकुलर एण्ड पपुलेशन जेनेटिक्स विषयको मौका परीक्षा दिएका विद्यार्थीहरुले सुरु गरेको रिले अनसनमा अनेरास्ववियु चितवनले एक्यवद्धता जनाएको छ ।
आज बुधबार अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले एक विज्ञप्ती जारी गर्दै एक्यवद्धता जनाएका हुन् । विद्यार्थीहरुको माग पुरा गर्न अनेरास्ववियु चितवनले विश्वविद्यालयलाई आग्रह गरेको छ।
विश्वविद्यालयले नियतवश विद्यार्थीहरुलाई फेल गराएको आरोप लगाउँदै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर रिले अनशन सुरु गरेका हुन् । विद्यार्थीहरुले आफूले परीक्षा दिएको उत्तरपुस्तिका हेर्न पाउनु पर्ने माग राखेका छन् । विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयको मुल गेट अगाडि विद्यार्थीहरुले तिनदिनदेखि अनसन सुरु गरेका हुन् ।
विद्यार्थीहरुको ति मागहरु जायज भएको भन्दै माग पूरा गरी सम्बन्धित विषयमा सत्यतथ्य छानबिन गर्न अनेरास्ववियु चितवनले माग गरेको हो । विद्यार्थीहरुको समस्या समाधान नगरी आन्दोलन दबाउने प्रयास भएमा चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियु चितवनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :-