भोजपुर, २६ मंसिर
भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् ।
छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
घरायसी विवादका कारण २० वर्षीय सन्देश राईले गत मंसिर ९ गते कुटपिट गरेका थिए । सोही कारण बिरामी भएकी पवित्राको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








