Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ०९, २०८२
☰
Logo शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

  • ७. दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा १२ वर्षपछि तोडियो विश्वकपमा नेपालको जितको खडेरी

  • ८. भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

  • ९. देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. ‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

– वासुदेव पौडेल
गण्डकी, २५ मङ्सिर
मङ्सिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका–१ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए । पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिक्लेस सञ्चारमाध्यममा सुनेका उनीहरुको उद्देश्य सिक्लेसमै पुुगी त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नुु थियो । मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरुलाई घरबाट निस्कँदा कतै भीडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन की भन्ने चिन्ता पनि थियोे ।

त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमणटोलीका सदस्य कमलप्रसाद पौडेलले बताउनुुभयो । “बाटोबाटै फोन गरिएका कारण हामीलाई त्यहाँ पुुगेर बस्न र खान धेरै सजिलो भयो”, स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक रहनुभएका उहाँले भन्नुुभयो, “त्यो दिन सिक्लेस पुुग्नेको ठूूलै उपस्थिति थियो, स्थानीयवासीलाई व्यवस्थापन गर्न हम्मेहम्मे देखिन्थ्यो ।”

आफूहरू पनि पहिलोपटक सिक्लेस पुुगेको बताउँदै पौडेलले सञ्चारमाध्यम एवम् विभिन्न सामाजिक सञ्जालमा सुनेको भन्दा पनि अझै रमणीय स्थान भएको बताउनुुभयो । सिक्लेस जाने बाटो ठाउँ ठाउँमा निर्माणकै क्रममा रहेका कारण दुुईपाङ्ग्रे सवारीसाधनमार्फत जाँदा होसियारीपूर्वक नै जानुुपर्ने उहाँको सुुझाव थियो । पर्यटकीय गाउँ र ठाउँलाई आन्तरिक रुपमा पनि प्रवद्र्धन आवश्यक भएको पौडेलले उल्लेख गर्नुभयोे ।

उहाँले भनेजस्तै बढ्दो पर्यटकको आगमनले यहाँका पर्यटन व्यवसायी ठूलो सङ्ख्यामा आउन थालेकाले तिनको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छन् । विगतका वर्षमा कोरोनाको महामारीले लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न भागबाट पर्यटक आउन थालेसँगै यहाँको चहलपहल ह्वात्तै बढेको हो । सिक्लेसमा गाउँमाथिका पदमार्ग क्षेत्रकासमेत गरी ४१ वटा होटेल सञ्चालनमा आइसकेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुुभयो ।

होटेलका साथै यहाँका झण्डै दुुई दर्जन सङ्ख्याका घरवास(होमस्टे)ले यहाँ दैनिक रुपमा पर्यटकलाई खाने बस्ने सुविधा दिइरहेका छन् । आफ्नो मौलिक कला, संस्कृति तथा मनोरम प्रकृतिका कारण सिक्लेसले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेको उहाँले बताउनुुभयो । सिक्लेस समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा छ । वरिपरि हरियो वनजङ्गल रहेको यो गाउँमा चरा र वन्यजन्तुप्रेमी पनि रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ ।

पछिल्ला समयमा पर्यटकको आगमनले यहाँको पयर्उटन राम्रै प्रवद्र्धन भएको उल्लेख गर्दै वडाध्यक्ष गुुरुङ आगामी दिनमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले आँफूहरूलाई सचेत गराएको बताउनुुभयो । “पर्यटकको आगमनलाई लक्ष्य गरी यहाँको प्रकृति, संस्कृति र मौलिकता समेतको संरक्षण गर्दै उचित व्यवस्थापन गर्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “बढ्दो पर्यटकको आगमनमा समेत यहाँको सरसफाइ, प्राकृतिक एवम् सांस्कृतिक मौलिकता जोगाउन आजैदेखि लाग्नुु अपरिहार्य देखिएको छ ।”

लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । सिक्लेसमा ढुङ्गाले छाएको तथा ढुङ्गा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती छन् । सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर, चोकमा प्लास्टिक एवम् कागज केही नभेटिनु यहाँको विशिष्टता हो । यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला र संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिलि, हेकुचे, घुर्राजस्ता प्रतियोगिता समेत गराउने गरिएको छ ।

संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो र गुन्द्री उत्पादन आदिले पनि यहाँको मौलिकता बचाएको छ ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर पनि एक दिनमा पुग्न सकिन्छ । त्यसैले गुरुङ जातिको अध्ययन अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशीसमेत सिक्लेस जाने गरेका छन् । त्यहाँ रहेको सिक्लेस ईको म्युजियम पनि दर्शनीयस्थलका रुपमा विकास भएको छ । सङ्गहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री राखिएको इको म्युजियम व्यवस्थापन समितिका अध्यक्ष हुमकुमारी गुरुङले बताउनुुभयो ।

सङ्ग्रहालयमा आउने पर्यटकले हिमाली जीवन र संस्कृतिसँगै विभिन्न जडीबुटी आदिबारे पनि जानकारी लिन पाउँछन् । त्यहाँ आउने पर्यटकले गुरुङ पहिरन लगाएर तस्बिर खिच्ने गर्दछन् । संङ्ग्रहालयको व्यवस्थापनका लागि विदेशी पर्यटकसँग रु एक सय ५०, अन्य सर्वसाधारणसँग एक सय र विद्यार्थीसँग ३० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको उहाँको भनाइ थियो । सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् ।
सिक्लेसबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । वडाध्यक्ष गुुरुङका अनुसार सिक्लेसबाट कफुचे, कोरीसम्मको पदयात्रा मार्गलाई केटुु पदमार्गका रुपमा विकास गर्ने सोच राखिएको छ । यस पदमार्ग क्षेत्रका कफुचे, होगुँ, कोरी, पासाँलगायत स्थानमा होटेलपनि सञ्चालनमा आएको उहाँले जानकारी दिनुुभयो ।

सिक्लेसबाट पहिलो दिन कफुचे हिमताल पुुगेका पर्यटक दोस्रो दिन कोरी र तेस्रो दिन पुनः सिक्लेस फर्कन सक्ने अध्यक्ष गुरुङले बताउनुुभयो ।“सिक्लेसबाट तारहिलटप हुँदै तिइँ, कफुचेसम्मको नयाँ पदमार्ग समेत विकास गर्ने हाम्रो सोच छ”, उहाँले भन्नुुभयो, “पदयात्राका क्रममा उक्त मार्गबाट देखिने धवलागिरिदेखि मनास्लु हिमशृङ्खलासम्मका दृश्यलाई एकसाथ अवलोकन गर्न पाउनु यहाँको विशिष्टता हो । ”

यस पदमार्गलाई मादी गाउँपालिका वडा नं ६ को थाक हिल, चिप्ली, मादीकै वडा नं १ को सिलाङ गाउँका साथै घलेखर्कबाट पनि जोड्न सकिने उहाँले जानकारी दिनुुभयो ।गुराँसै गुराँसले भरिएका यस पदमार्ग गुराँस फुल्ने समयमा अझै मनमोहक देखिने अध्यक्ष गुरुङले बताउनुुभयो । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेस जान काहुँ खोलामा जीप सहज रुपमा नै उपलब्ध हुन्छन् ।

नेपालको १२ वर्षे द्वन्द्व अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा (माओवादी)का नेता पुष्पकमल दाहाल पहिलो पटक यही सिक्लेसबाट सार्वजनिक बन्नुुभएकोले यो शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा चित्रित भएको छ । गाउँपालिकाले यही गाउँमा शान्ति स्मारकसमेत निर्माण गरिसकेको छ । – रासस

Chitwan Aaja चितवन आज
सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला (फोटोफिचर)
बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप
घोराहीमा रवि- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्, जनताले देखाउनेछन्

ताजा समाचार

सबै

काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला (फोटोफिचर)

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

घोराहीमा रवि- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्, जनताले देखाउनेछन्

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

रास्वपाले भन्यो- एमालेको झण्डा जलाएका छैनौं

देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

चितवनमा दुई अस्थायी मतदान केन्द्र

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा सामान्य गिरावट

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

दाङको तुलसीपुरमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.