काठमाडाैं, मंसिर २२
महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले बिहीवार ३४ उपसचिव, १२२ शाखा अधिकृत र ३५२ नायब सुब्बा गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो ।
सरुवा गरिएकामा प्रमुख कोष नियन्त्रक, उप–महालेखा नियन्त्रक, लेखा अधिकृत र कोष नियन्त्रकलगायत रहेको शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।








