काठमाडौँ, २२ मङ्सिर
नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल रहेका छन् ।
उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले चेक जाँच गर्ने क्रममा रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट अबैध सुन बरामद गरेको हो ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ ।








