काठमाडाैं मंसिर २२,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो ।
पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घले र मिन बहादुर घले रहेका छन् । चन्द्र दुबईबाट सुन लिएर आएका व्यक्ति हुन् भने मीन बहादुरचाहिँ नेपालमै सुन खरिद बिक्रीमा संलग्न व्यक्ति भएको बताइएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बिहीबार राती ११ः४० बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका घलेले ज्याकेट र जुत्तामा लुकाई ल्याएको सुन बरामद भएको जानकारी दिए । यसबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ ।








