Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन २२, २०८२
☰
Logo शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ३. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ७. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ८. इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

  • ९. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  • १०. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

घरघरमा स्वास्थ्यकर्मी पठाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

गोरखा, २६ साउन
गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिनुभयो । “पहिलो वर्ष रु एक लाख बराबरको ड्रागन फ्रुट बेचेको थिए”, उहाँले भन्नुभयो, “यो वर्ष रु तीन लाखको फल बिक्री भइसक्यो, अझै रु चार लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको छु ।”

ड्रागन खेती सुरु गरिएको १३ महिनामा पहिलोपटक उत्पादन भई फल बिक्री गर्न सुरु गरिएको कृषक गुरुङले जानकारी दिनुभयो । विसं २०७७ चैत महिनामा बूढीगण्डकी नदी किनारमा पर्ने लापुबेँसीमा लगाइएको उक्त खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । पहिलो वर्ष अपेक्षा गरिएअनुसार उत्पादन नभए पनि यो वर्ष भने ड्रागन फ्रुटले मनग्य आम्दानी दिएको उहाँको भनाइ थियो ।

चर्चित मनास्लु पदमार्गको छेवैमा लगाइएको ड्रागन फ्रुट यतिबेला जताततै फुलेको देख्दा पदर्मागमा पुग्ने पर्यटकसमेत लोभिएर एकछिन उभिएरै भए पनि फार्म अवलोकन गर्ने गरेको कृषक गुरुङले बताउनुभयो ।

“उत्पादित ड्रागन फ्रुट आधाजसो यहीँ नै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी भने मागको आधारमा आरुघाट, गोरखा बजार र राजधानी पठाउने गरेको छु ।” फार्ममा एक हजार चार सय बोट ड्रागन फ्रुट लगाइएकामा सात वटा बोट मात्र सेतो र बाँकी सबै रातो प्रजातिका छन् ।

उत्पादित फल प्रतिकिलो रु छ सयसम्ममा बिक्री हुने गरेको छ । “एकदुई किलो लैजाने ग्राहकलाई प्रतिकिलो रु छ सय लिने गरेको छु”, कृषक गुरुङले भन्नुभयोे, “होलसेल मूल्यमा लैजानेलाई भने रु पाँच सयका दरले बिक्री गर्ने गरेको छु ।” समुद्री सतहबाट आठ सय ५० मिटर उचाइमा रहेको जमिनमा ड्रागन खेती गरिएको उहाँले बताउनुभयो ।

सामान्यतया ड्रागन फ्रुट एक हजार दुई सय मिटरसम्मको उचाईमा पनि खेती गर्ने गरिएको छ । उहाँले ड्रागन खेतीबाट राम्रो आम्दानी हुने भएकाले युवा पुस्तालाई विदेशिनुभन्दा व्यावसायिकरुपमा यहीँ खेतीतर्फ लाग्नसमेत सुझाव दिनुभयो । सुरुआती चरणमा रु १३ लाख खर्चेर खेती सुरु गरिएकामा अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रले रु तीन÷तीन लाख गरी कूल रु छ लाख अनुदान उपलब्ध गराएका कृषक गुरुङले बताउनुभयो ।

पछिल्लोपटक भने गाउँपालिकाले उक्त खेतीभित्र मौरी परीक्षणका रूपमा पाल्न अनुदान उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा गाउँपालिकाको टोलीले उक्त ड्रागन फार्मको अनुगमन पनि गरेको थियो ।

घरघरमा स्वास्थ्यकर्मी पठाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

गोरखाको भीमेसन थापा गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर पालिकाभित्रका १२ हजारभन्दा बढीलाई निःशुल्क उपचार गरेको छ । पालिकाभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गर्दैै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

गत आवमा तोकिएका १२ हजार सात सय ३२ जनालाई घरघरमा पुगेर निःशुल्क उपचार गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तोकिएका लक्षित वर्गका व्यक्तिको घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसर जाँचलगायत आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शाखा प्रमुख खनालको भनाइ थियो ।

गाउँपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरेपछि ज्येष्ठ नागरिक पनि खुसी भएका छन् । “बुढेसकालमा पिरबेथा लागि रहन्छ, वडानं ७ का ७७ वर्षीय मङ्गलबहादुर नेपालीले भन्नुभयो, “अहिले स्वास्थ्यकर्मीले आफ्नै घरमा आए चाँज गरेकाले आफैँ सकी नसकी अस्पताल धाउनुपरेको छैन ।”

यस कार्यले स्थानीय सरकार नै हाम्रा लागि रहेछ भन्ने अनुभूति भएको उहाँले बताउनुभयो । अर्का ७५ वर्षकी दुर्गाकुमारी श्रेष्ठको उत्तै भनाइ थियो ।

“सुगुर, प्रसेर, दम र नसा रोगले सताएकाले भनेको बेला अस्पताल जानसक्ने अवस्था नै थिएन”, उहाँले भन्नुभयो, “हामीजस्ता उमेर पुगेका बूढाबूढीको उपचारलाई ध्यानमा राखेर गाउँपालिकाले घरघरमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर जाँच गर्ने व्यवस्था मिलाएपछि साह्रै सजिलो भएको छ ।”

प्रत्येक महिना घरघरमा स्वास्थ्यकर्मीको टोली आएर जाँच गरी अमिलो चिल्लो पिरो नखान सल्लाह दिँदै आफूसँग भएको औषधि दिएर जाने गरेको अर्का ज्येष्ठ नागरिक हीरा श्रेष्ठले बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी आएर के कस्तो छ? सञ्चो भएन कि ? भन्दै केही भए फलानु नम्बरमा सम्र्पक गर्नु है भनेर जाँदा स्थानीय सरकार बूढेसकालको सहाराजस्तै भएको अनुभूति भएको बताउनुभयो ।

चालु आव सुरु भएसँगै पुनः साउन १६ गतेदेखि २२ गतेसम्म गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख भुसालले जानकारी दिनुभयो । “यसै वर्षको साउन महिनामा मात्र पालिकाबाट एक हजार एक सय ७१ जनाको निःशुल्क जाँच तथा उपचार गरिसकिएको छ”, उहाँले भन्नुभयो, “उपचार गराएकामध्ये छ सय ८९ महिला र चार सय ८२ जना पुरुष रहेका छन् ।” (रासस)

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
म्याग्दी–१ मा महावीर पुनको अग्रता
रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
पश्चिम नवलपरासीका दुवै क्षेत्रमा रास्वपाको अग्रता

ताजा समाचार

सबै

म्याग्दी–१ मा महावीर पुनको अग्रता

रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

पश्चिम नवलपरासीका दुवै क्षेत्रमा रास्वपाको अग्रता

मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल

मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता

धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

रुपन्देही-५ मा रास्वपाको फराकिलो अग्रता

मोरङका मत गणना सुरु भएका ३ क्षेत्रमै रास्वपाको अग्रता

चितवन २ मा रविले लिए अग्रता

बाँके-३ मा रास्वपाका खगेन्द्र सुनारको सुरुवाती अग्रता

चितवन-३ मा रास्वपा उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता

चितवन २ को प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार अस्मिन घिमिरेको अग्रता  

चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

मतदानकै बीचमा रौतहट २ का नेकपा उम्मेदवारले गरे पार्टी छाडेको घोषणा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ३.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.