देवघाट, बैशाख १७ –
देवघाट गाउँपालिकामा ४ जनाकाे उम्मेदवारी फिर्ता,अध्यक्ष पदका लागि ६ जनाबिच प्रतिस्पर्धा हुने ।
मुलुकभर ७५३ स्थानिय तहमा मनाेनयन दर्ता गराएका १ लाख ५३ हजार २ सय २१ उम्मेदवार मध्य अहिलेसम्म ४ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता गरेका छन् । निवार्चन कार्यालयकाे प्राप्त जानकारी अनुसार करिव ४ हजार उम्मेदवारहरूले देशभरबाट उम्मेदवारी फिर्ता लिएका छन् । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनबाट ३५ हजार जनप्रतिनिधि चुनिएर आउने छन् ।
यसैबिच देवघाट गाउँपालिका तनहुँवाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएका सुशिला नेपाल, हिमालय पाैडेल र शुकलाल गुरूङले उम्मेदवारी फिर्ता लिनुभएकाे छ । नेपाल नेकपा (माअाेवादी )केन्द्र,पाैडेल र गुरूङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे । यसैगरी देवघाट गाँउपालिका ५ वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका प्रविण कार्कीले समेत उम्मेदवारी फिर्ता लिनुभएकाे निर्वाचन
अधिकृत थमन सिं थापाले जानकारी दिनुभयाे । अन्य उम्मेदवारहरूकाे भने उम्मेदवारी कायम नै रहेकाे थापाले बताउनुभयाे । देवघाट गाँउपालिका अध्यक्ष पदमा ६ जनाकाे उम्मेदवारी कायम रहेकाे छ । जसअन्तर्गत नेकपा(एमाले)बाट दुर्ग बहादुर थापा,नेपाली काग्रेंसबाट तिल बहादुर थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णप्रसाद आचार्य, एकीकृत समाजवादीबाट संजय पाैडेल र स्वतन्त्र उम्मेदवार छवि जंग बंशी ठकुरी,भिम बहादुर राना अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नुहुनेछ।