काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ पुनः प्रशारणमा आउने भएको छ । नयाँ वर्षको शुभकामना दिँदै ‘सक्किगोनि’का कलाकार तथा निर्देशक अुर्जन घिमिरे (पाँडे)ले ‘सक्किगोनि’को सिजन–३ चाँडै प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।“नयाँ वर्षको सुरुआतसँगै हामीले हाम्रो नयाँ खबर सुनाउन पाउँदा हामी अत्यन्तै खुसी भएका छौं । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदरणीय दर्शक, शुभचिन्तकज्यूहरूमा नयाँ वर्ष २०८० सालको शुभकामना ।”
जेठको पहिलो हप्ताबाट ‘सक्किगोनि’ सुरु हुनेछ । “जेठको पहिलो हप्ताबाट प्रशारण गर्ने हाम्रो तयारी छ,” कलाकार अर्जुन भन्छन्, “अबको केही दिनबाटै हामी काम सुरु गर्दैछौँ । स्क्रिप्ट लेख्न सुरु भइसकेको छैन । तर, टिमका केही थपघट भने हुनेछ ।” ‘सक्किगोनि’ हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ ।केही महिना अगाडिदेखि हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ बन्द रहेको छ ।