काठमाडौँ, चैत २०-
फिल्म रिलिजको पूर्वसन्ध्यामा प्रसाद २ को विवाद चर्किदै गएको छ। विवादकै कारण फिल्मको निर्माता समेत फरार भएका छन्।
निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा निर्माता सुवास थापाविरूद्ध प्रहरीमा जाहेरी परेपछि उनी फरार छन्।
गत महिना फागुन २९ गते ‘प्रसाद २’ का निर्माता सुवास थापाविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो। बैंकिङ कसूरको मुद्दामा जाहेरी परेको डिएसपी निरञ्जन भट्टले जानकारी दिए। प्रहरीले उनको खोजी गरिरहेको छ।