Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, जेठ २४, २०८३
☰
Logo आइतबार, जेठ २४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • ३. रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४. विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

  • ५. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • ६. प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

  • ७. चितवनको एक रेष्टुरेन्टमा वेटर काम गर्ने महिलालाई जवरजस्ती यौन सम्पर्क गर्न लगाएपछि…

  • ८. रवि लामिछाने भारत प्रस्थान, कोको छन् टोलीमा ?

  • ९. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • १०. नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

टीकापुर (कैलाली), जेठ २४-
अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना प्रविधियुक्त बनाउन सङ्घीय संसद् र सबै प्रदेशसभाले ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्नेलगायत नौ बुँदे टीकापुर–सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ ।

संसदीय गतिविधिमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिकाबीच ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्ने घोषणासहित कैलालीको टीकापुरमा सम्मेलन सम्पन्न भएको हो ।

टीकापुरमा आयोजित दुईदिने सम्मेलनमा संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात् गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका कानुन र्र्निाण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्तअनुरुप प्रभावकारी कार्यान्वयन गर्ने छलफल भएको थियो ।

सम्मेलनबाट जारी सन्देशपत्रमा सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने कानुन निर्माण र संसदीय काम कारबाहीलाई छिटो, छरितो र पारदर्शी तुल्याउन, तहगत संसद् र सभाबीच प्रभावकारी सहकार्य र अन्तरआबद्धता स्थापित गर्ने जनाइएको छ । यसका लागि सङ्घीय संसद्सँग समन्वय गर्न सबै प्रदेशसभाले सङ्घ–प्रदेश समन्वय शाखा÷इकाई स्थापना गर्ने र अन्तर–व्यवस्थापिका मञ्चको सचिवालयको कार्य सङ्घीय संसद् सचिवालयको प्रदेशसभा सम्पर्क तथा समन्वय शाखाले गर्ने सन्देशपत्रमा उल्लेख छ ।

तीनै तहका कानुन निर्माण एवं व्यवस्थापकीय कामलाई अनुसन्धान तथा विकास र नवप्रवर्तनमा आधारित बनाउन, सङ्घीय संसद्, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सङ्घीय संसद्अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको लागि विशेष पहल गर्ने भनिएको छ ।

सन्देशपत्रमा सरकारको नीति तथा कार्यक्रम, पूर्वबजेट छलफल एवं संसदीय बजेट निर्माण कार्यलाई प्रभावकारी र नतिजामूलक बनाउन आगामी आर्थिक वर्षभित्र सङ्घीय संसद् र प्रदेशसभाबाट आवश्यक कानुनी व्यवस्थासहित संसदीय बजेट कार्यालय स्थापनाको कार्य अघि बढाउने, सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यको कार्यगत दक्षता अभिवृद्धि गरी कानुन तर्जुमा कार्य एवं संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यलाई अत्यावश्यक रहेका सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने जनाइएको छ ।

यसैगरी, सङ्घ, प्रदेश र स्थानीय तहका उदाहरणीय विधायिकी अभ्यास तथा व्यवस्थापकीय कार्यकुशलता आदानप्रदान गर्न सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारी एवं कर्मचारीबीच आवश्यकताअनुसार अन्तरक्रिया, छलफल तथा समीक्षा कार्यक्रम आयोजना गर्ने, प्रदेशसभामा कर्मचारी व्यवस्थापनमा समस्या भई सभा सञ्चालन तथा कानुन निर्माणलगायतको कार्यमा प्रत्यक्ष प्रभाव परेको सन्दर्भमा पनि ध्यानाकर्षण गराइएको छ । त्यसका लागि नेपालको संविधानको भाग २९ मा रहेको सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्धअन्तर्गत धारा २३१ को उपधारा (३) को व्यवस्थाअनुसार कर्मचारी व्यवस्थापन गर्न सङ्घीय संसद्, प्रदेशसभाको कर्मचारीका लागि एउटै सेवा गठनसम्बन्धी आवश्यक कानुन निर्माण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निचोड निकालिएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेशसभाका उपसभामुखहरुको कामकारबाही एवं भूमिकालाई अझ बढी सक्रिय एवं प्रतिफलमूलक बनाउने विषयमा पनि गम्भीर चासो व्यक्त गरिएको छ । त्यस सम्बन्धमा नेपालको संविधान र प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलको संयोजकत्वमा कोशी प्रदेशसभाका सचिव सुदर्शन खड्का र लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगर सदस्य रहेको अध्ययन समिति गठन गर्ने र समितिबाट प्रतिवेदन पेस भएपश्चात् अन्तर–व्यवस्थापिका मञ्चको बैठक बसी आवश्यक निर्णय गर्ने पनि सन्देशपत्रमा उल्लेख छ ।

मञ्चको बाह्रौँ सम्मेलन कर्णाली प्रदेशमा आयोजना गरिने तय भएको छ । रासस

Chitwan Aaja चितवन आज
आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व होः सभामुख
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

ताजा समाचार

सबै

६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व होः सभामुख

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

सिकाइ प्रक्रियामा पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिन शिक्षाविद् प्राध्यापक डा. कोइरालाको सुझाव

रास्वपाको जिल्ला नेतृत्व चयन हुदै, काठमाडौँमा शाक्य र झापामा भण्डारी चयन

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

चीनमा विशाल र कुशल यातायात प्रणालीः यात्रुको संख्या ३० प्रतिशतले बृद्धि

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

सुशीला कार्कीले भनिन्- म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ

ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छः मन्त्री तिमिल्सिना

ग्रीनल्यान्ड स्कुलद्वारा नारायणी नदीकिनार सरसफाइ तथा डस्टबिन वितरण

विश्व वातावरण दिवसको अवसरमा चौथो सांग्रिला साइकल र्‍याली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    प्रेसिडेन्सी कलेजद्वारा व्यवसायिक इन्क्युबेसन कार्यक्रम सुरु, चितवनको उद्यमशीलता क्षेत्रलाई टेवा

  • ३.
    रवि लामिछानेको प्रस्ताव : नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा बदलौं

  • ४.
    विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछः प्रधानमन्त्री शाह

  • ५.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • ६.
    प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech