काठमाडौँ, असार २४-
नक्कली भुटानी शणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बताएका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्।
सांसद वाग्लेले भने, ‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनु यो एकदमै नेपाली जनताले चासोको रुपमा हेरेका छन् ।’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, गणेश पराजुली लगायतका सांसदहरुले बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने खेल सुरु भएको धारणा राखेका थिए ।







