काठमाडौँ जेठ १५
सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महिला शिक्षा तथा रोजगारी, सिप विकास कार्यक्रमका लागि उक्त बजेट खर्च गरिने सरकारले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए।
यसका साथै आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाइने समेत उनले घोषणा गरे। उनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाउने घोषणा गरे।
‘महिला बिरुद्ध हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सृजना गरिनेछ। आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने छ,’ उनले भने।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








