काठमाडौँ, २१ वैशाख
झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोलि प्रहर भएको छ ।
दमकमा रहेको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए ।
उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।
डीएसपी चन्दका अनुसार उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।