२१ वैशाख, काठमाडौं
जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् । उनीहरुलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।
उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।








