Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मोटोपना किन बढ्दै छ नेपालमा ?

पहिले मोटोपना खाने-पिउने घरको निसानी हो भन्ने प्रचलन थियो। तर अब मोटोपना रोगका रुपमा वर्णित गरिएको छ। किनभने, मोटोपना विभिन्न रोगहरुको जननी हो। यससँग जोडिएर आउने रोग धेरै नै छन्। जसलाई हामी चिकित्सकीय भाषामा ‘ओबिसिटी सिन्ड्रोम’ भन्छौं।

मोटोपना त्यस्तो दीर्घकालीन समस्या हो, जुन मुटुको रोग, ब्लड प्रेसर, सुगर, डायबिटिज, क्यान्सर, घुँडा खिइने समस्या, श्वासप्रश्वासको समस्या र निद्रासँग जोडिएको समस्या हो।

मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तोस् ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।

किन बढ्दो छ नेपालमा?

सुन्दा अपत्यारिलो लाग्न सक्छ। अहिले विकासोन्मुख देशमा कुपोषणले भन्दा मोटपनाले मान्छे धेरै मरिरहेका छन्। डब्लूएचओका अनुसार वर्षेनी ४० देखि ५० लाख मानिस मोटापनाले निम्त्याउने रोगहरुका कारण मृत्युवरण गरिरहेका छन्‍। रोड ट्राफिक एक्सिडेन्टपछि मोटोपनाबाट मृत्यु हुनेको संख्या छ। विकासोन्मुख देशमै पर्ने नेपालमा गएको दुई दशकदेखि बढ्दो क्रममा छ।

मोटोपना आहार-विहारको रोग हो। हाम्रो आहार परिवर्तन हुँदै गइरहेको छ। पहिले हामी गाउँ-घरमा बस्दा स्थानीय खानेकुरा खान्थ्यौं। ढिकीमा कुटेको चामलमा फाइबर धेरै हुन्थ्यो। अहिले पोलिसवाला सेतो चामल हुन्छ। फाइबर हटाइसकेको हुन्छ। क्यालोरी मात्रै राखिएको हुन्छ। त्यसैगरी गहुँको पिठो गाउँको खैरो रङको हुन्छ तर अहिले किनेर खाने सेतो हुन्छ। त्यहाँबाट पनि फाइबर हराइसक्यो।

अहिलेको जीवनशैली यति व्यस्त छ कि पकाएर खाने फुर्सद छैन। हामीले फास्टफुड खान्छौं। पेय पदार्थमा कोल्ड ड्रिक्स खान्छौं। पहिले सिधै फलफूल खान्थ्यौं। अहिले फलफूलको कुरा त परै छाडौं, जुस पनि बट्टाको खान्छौं।

पहिले हामीलाई ५ देखि १० किलोमिटर हिँड्ने कुरा सामान्य थियो। कि साइकल चलाएर पुग्थ्यौं। अहिले त्यो सम्भव छैन। दुई तलामाथि जान पनि लिफ्ट प्रयोग गर्छौं।

मोटोपना बढ्नुको कारण यही हो। छोटकरीमा भन्दा पेटमा आम्दानी धेरै भयो, हामीले खर्च कम गर्न थाल्यौं। त्यही बचत भएर मोटोपना बढेको हो। केही मोटोपना वंशाणुगत हुन्छन्, त्यो निकै कमलाई हुन्छ।

अहिले एउटा संख्यामा छ। आगामी दशकमा यसको समस्या अझै धेरै हुने अनुमान अहिलेबाट नै गर्न सकिन्छ। किनभने, बच्चामा मोटोपना बढिरहेको छ। ‘चाइल्ड इज फादरु भनेझैं उनीहरु एक दशकमा प्रौढ हुन्छन्।

बेरियाट्रिक सर्जरी कसलाई ?

मोटोपनाको उपचारका लागि बेरियाट्रिक सर्जरी एउटा उपाय हो। तर, हामीले सुरुमा यस्तो गर्न भन्दैनौं। पहिले त आहाबिहारमै ध्यान दिन हाम्रो सुझाव रहन्छ। अन्य उपायबाट मोटोपना घटाउन सकिएन भने हामीले बेरियाट्रिक सर्जरीबाट घटाउने गरेका छौ।

नेपालमा हामीले सन् २०१४ देखि सुरु गर्‍यौं। तर अधिकांशलाई बेरियाट्रिक सर्जरी र लाइपोसेक्सन उस्तै लाग्ने रहेछ। लाइपोसेक्सन भनेको पेटमा जमेको बोसो तान्ने हो। सर्जरीकै माध्यमबाट बोसो झिकिन्छ। तर बेरियाट्रिक सर्जरीमा आन्द्रा र आमासयमा केही चिकित्सकीय उपाय अपनाइन्छ। जसले पेटमा बोसो लगाउने मुल स्रोत नै बन्द गर्छ।

हामीले खाना खाएपछि त्यो आमासयमा गएर बस्ने हो। त्यहाँ एउटा भाग हुन्छ, जसलाई फन्डस भनिन्छ। त्यहाँ एउटा हर्मोन निस्किन्छ, जसले गर्दा मान्छेले धेरै खान्छ। हामीले यो सर्जरीका क्रममा फन्डस काटिदिन्छौं र आमासयको साइज घटाउँछौं। त्यसपछि ब्रेनमा धेरै खान हुँदैन भन्ने संकेत जान्छ, जसले गर्दा मान्छेले चाहिनेजति खाँदा अघाएको महसुस गरेर खान छाड्छ। त्यसरी एक त क्यालोरी शरीरमा कम जाने भयो, अर्को मोटोपना बढाउने त्यो हर्मोन नै हटाइदिएको हुन्छ। यसलाई ‘स्लिम भ्याक्सेक्टोमी’का रुपमा पनि बुझ्न सकिन्छ।

अर्को ‘बिलियो प्याङ्क्राइटिक डाइभर्सन’ गरिन्छ। यो पनि खाने थोरै खाँदा अघाउने उपाय नै हो। यसमा सानो आन्द्राको माथिल्लो भागलाई पूर्ण रूपमा बाइपास गरेर त्यसको अन्तिम खण्डमा सिधै जोडिएको हुन्छ। यसले गर्दा शरीरमा धेरैलाई के लाग्छ भने तुरुन्तै घट्छ।

यस्तो गरिएको एक महिनादेखि तौल घट्न थाल्छ। दुई वर्षमा नतिजा देखिन्छ।

बेरियाट्रिक सर्जरीपछि डायबिटिजको बिरामीमा ७० प्रतिशतले औषधि खानु नपर्ने गरी निको भएको पाइएको छ। उच्च रक्तचाप पनि ६०(७० प्रतिशतको निको हुने देखाएको छ। यो सर्जरी दूरबिन विधिबाट गरिन्छ। पेटमा ठूलो घाउ बनाइरहन पर्दैन। विकसित देशमा रोबर्टिक सर्जरी समेत आइसकेको छ। अप्रेसनको तीनदेखि पाँच दिनमा डिस्चार्ज हुन्छ।

कसलाई यसको आवश्यकता पर्छ भन्नेमा विश्व स्वास्थ्य संगठन र एसिया प्यासिफिकको मान्यतामा केही फरक देखिन्छ। विश्व स्वास्थ्य संगठनले कुनै रोग नभएकोमा बडी मास इन्डेस्क ४० भन्दा बढी रहेकोलाई बेरियाट्रिक सर्जरी गर्न सकिने बताएको छ। मोटोपनाका साथै अन्य समस्या हुँदा बडी मास इन्डेक्स ३० भन्दा बढी भएमा सर्जरी गर्नुपर्छ। एसियाका लागि भने बडी मास इन्डेक्स ३५ माथि छ भने गर्नुपर्छ। यदि कुनै समस्या छ भने ३२.५ भन्दा माथि गर्नुपर्ने बताइएको छ।

(बेरियाट्रिक सर्जन डा राकेश शाहसँग गरिएको कुराकानीमा आधारित।)-स्वास्थ्यखबरबाट

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

ताजा समाचार

सबै

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.