काठमाडौं, जेठ १५ –
सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले भने– सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिकरुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।
यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको एक्वेवद्धताकारुपमा सम्मान गरिने भएको छ । देशभरि उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार बनाइएको छ ।















