Chitwan Aaja
SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, जेठ १५, २०८३
☰
Logo शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहनेछ आजको राशिफल

  • ४. यस्तो छ आजको राशिफल

  • ५. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ६. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ७. आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

  • ८. तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • ९. अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • १०. बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ १५ –
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

“किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो ।

मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उहाँले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “यसका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

“युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसका लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका सम्वाहक कृषकलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उहाँको भनाइ थियो ।

साथै, कृृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेसालाई सम्मानित पेसाका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको उहाँले बताउनुभयो ।

“कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्नसके मात्र देश निर्माणको सपना साकार हुने मैले ठानेको छु”, उहाँले भन्नुभयो ।

उहाँले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि नै भएको र कृषि, जलस्रोत पर्यटन, पूर्वाधार, सूचनाप्रविधि र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार हो भन्नुभयो ।

राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवा जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सृजना गर्ने क्षेत्र भनेकै कृषि भएको र कृषि नै उद्योगको कच्चा पदार्थको स्रोत भएकाले यो क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ भन्नुभयो । उहाँले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सोह्रौँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्दछ भन्नुभयो ।

“यसमा लगानीको सुनिश्चितता गर्न सस्तो व्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ, मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीतिनिर्माता तथा योजनाविद् र सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विदेशबाट फर्किएका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ भन्दै उहाँले कृषकको उपजको बजारीकरण, समयमानै बीउबिजन र मलको आपूर्ति, कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नवीनतम औजार उपकरणको पहिचान र व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषय भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही दुई लाख रूपैयाँ, प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्नुभयो । रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन
नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता
नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

ताजा समाचार

सबै

बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिने

सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री कार्यक्रम’ ल्याइने

पूँजीगत लाभकर अन्तिम हुने

चितवनमा गर्मी बढेसँगै मोहीको माग बढ्दो

चितवनबाट पनि राहादानी घरघर पुर्‍याउने कार्यको थालनी

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल

कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छः राष्ट्रपति पौडेल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहनेछ आजको राशिफल

  • ४.
    यस्तो छ आजको राशिफल

  • ५.
    पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ६.
    पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech