Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, फागुन १९, २०८२
☰
Logo मङ्गलबार, फागुन १९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २. संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ४. गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला

  • ५. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ६. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ७. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  • ८. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • ९. गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

  • १०. नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको विशेष अपील

भरतपुर– २९ मा पहाडको अवैध उत्खनन् रोक्न महानगर असफल, तस्करसँग डर की सेटिङ्ग ?

चितवन, २७ वैशाख –
चितवनको भरतपुर महानगरपालिका २९ मा भइरहेको अवैध पहाड उत्खनन अझै रोकिन सकेको छैन । कविलास, चौकिडाँडा, जुगेडी क्षेत्रमा व्यक्तिको नाममा रहेको र केही सार्वजनिक जग्गाबाट जथाभावी पहाड तथा नदी उत्खनन् गरी ढुँगामाटो निकासा भइरहेको छ ।

भरतपुर महानगरपालिकाकी एक स्थानीय लक्ष्मी श्रेष्ठ रिमालले उक्त क्षेत्रमा रातारात ढुंगामाटो उत्खनन हुने गरेको बताइन् । उनले भनिन्, ‘आफूहरु बोल्दा उल्टै धम्काउने र थर्काउने गरेको गर्छन् । वडा प्रहरीमा गएरभन्दा पनि झर्केर बोल्छन् । डोजर र टिप्पर रातभर हिँड्छन् । हामी गरिब स्थानीयहरु पहिरोको जोखिममा पर्ने भयौं ।’

गत वर्षदेखि नै भइरहेको उक्त उत्खनन भरतपुर महानगरपालिकाले नियन्त्रण गर्न नसक्दा अझै रोकिन सकेको छैन । भरतपुर महानगरपालिकाको मौन स्वीकृतिमा उक्त स्थानबाट अवैध उत्खनन् भइरहेको हो । उक्त उत्खननलाई रोक्न भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले पनि कुनै ठोस कदम चाल्न सकिनन् ।

भरतपुर महानगरपालिका र वडा नम्बर २९ ले सो क्षेत्रबाट ढुंगामाटो चोरी भएको बताउँदै आएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले रातारात चोरी भएको बताए । उनले एक महिनाअघि अवैध उत्खनन् गर्ने १२ वटा ट्रक र एउटा डोजरलाई नियन्त्रणमा लिएर कारबाही गरेको समेत बताए । प्रहरीलाई पनि कारबाहीका लागि धेरै पटक आग्रह गरिएको उनको भनाइ छ ।

उनले भने ‘त्यति हुँदाहुँदै पनि राति कतिबेला कहिले चोर्छन् । थाहै हुँदैन । चोरलाई कसै गरे पनि रोक्न नसकिने रहेछ । सकेसम्म रोकिरहेका छौं ।’ उनले प्रहरीका निकायहरुले सक्रियताका साथ ध्यान दिने हो भनेमात्र चोरी नियन्त्रण गर्न सकिने बताए । उनले भने ‘महानगरको टोली जाँदा बाटोमा देखेर तस्करहरुले खबर पु¥याइसक्दा रहेछन् अनि भाग्दा रहेछन् । समात्न पनि गाह्रो छ ।’

यसअघि पनि उनले यस्तै प्रतिक्रिया दिएका थिए । तर चोरी नियन्त्रण हुन सकेको छैन । महानगरपालिका चोरी नियन्त्रण गर्नतर्फभन्दा पनि चोरी गर्नेलाई ढाकछोप गरी बरु छिटोभन्दा छिटो उत्खननका लागि स्वीकृत पत्र दिनतर्फ लाग्यो । गत माघसम्म महानगरपालिकाले कसैलाई पनि उत्खननका लागि स्वीकृति दिएको थिएन । उक्त स्थानमा चोरी भएको र नियन्त्रणमा लिएर कारबाही गर्ने बताएको थियो ।
चोरी नियन्त्रण गर्न नसकेपछि महानगरपालिकाले ‘तस्कर’हरुलाई स्वीकृतका लागि अनुमति दिन सुरु ग¥यो । अहिले तीन स्थानमा अनुमति लिएर उत्खनन भइरहेको सुवेदीले बताए । तर भरतपुर २९ का दर्जनौं स्थानमा अवैध उत्खनन भइरहेका छन् । कतै उत्खनन गरेर पहाड नै निखारिएको छ भने कतै खन्न सुरु गरिएको छ । त्यसरी भएको उत्खनन चोरी गरिएको र त्यसलाई नियन्त्रण गर्न गाह्रो परेको सुवेदीले प्रतिक्रिया दिए ।

सुवेदीले माटो निकासका लागि वातावरणीय प्रभाव मूल्याङ्ककन (इआइए) गर्न फाइलहरु महानगरमा आएर बसेको बताए । उत्खननका लागि स्वीकृत दिन नमिल्ने भएपछि तस्करहरुले बिना स्वीकृती उत्खनन गरिरहेका छन् । तर महानगरपालिका मुकदर्शक बनेर बसिरहेको छ ।
उत्खननको अनुगमनको जिम्मा पाएको अर्काे निकाय हो, जिल्ला समन्वय समिति । जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले थाहा पाएको अवस्थामा प्रहरीलाई जानकारी गराएर जरिवाना गराइरहेको बताए । भरतपुर २९ बाट पटकपटक दोहन भएको भएको बताउँदै उनले धेरै पटक कारबाही पनि गरेको बताए ।

‘जति कारबाही गरे पनि चोरी नियन्त्रण गर्न सकिएको थिएन’ उनले भने, ‘अहिले झन् चुनावमा सबै व्यस्त भएको मौका छोपेर बढी दोहन गरेको हुन सक्छन् । तपाईंहरुले पनि प्रहरी प्रशासनलाई सोधखोज गरिदिनु प¥यो । हामीले यो निर्वाचनका अनुगमन गर्न सकिएन । त्यहाँका नागरिकले पनि रोकिदिन परो ।’

चोरीमात्र होइन ती स्थानमा नचाहिने ठाउँमा पनि सडक खोलेर अवैध उत्खनन समेत गरिएको छ । भित्रिसडक पनि राजमार्गभन्दा बढी चौडा बनाएर सडक खनेको बाहनामा महानगरपालिकाले ढुंगामाटो निकासी गराउन सहयोग गर्दै आइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले कुन ठाउँमा स्वीकृत दिएको हो कुन ठाउँमा होइन भन्ने कुरा स्थानीय सरकारले जानकारी गराउनु पर्नेमा त्यसो नभएको बताए । जोसँग स्वीकृती दिने अधिकार छ रोक्ने अधिकार पनि उसैसँग हुन्छ भन्दै उनले महानगरपालिकाले यहाँ अवैध उत्खनन भएको छ भनेर भनेको खण्डमा आफूहरुले नियन्त्रण गर्न सजिलो हुने बताए । प्रहरीले आफै नियन्त्रणमा लिएका कतिपय टिप्परहरुलाई पछि स्थानीय प्रशासनले स्वीकृतमा खनिरहेका हुन् भन्दै कारबाही नगरी छाडेको बताउँदै उनले प्रहरीको एकल प्रयासले केही नुहुने बताए । तर पनि आफूहरुले आफ्नो तर्फबाट तत्कालै प्रयास थाल्ने बताए ।

भरतपुर महानगरपालिका २९ का निवर्तमान वडाध्यक्ष मनबहादुर मगरले केही स्थानमा स्वीकृत लिएर अन्य स्थानमा पनि अवैध उत्खनन भइरहेको पाइएको बताए । उनले यसअघि वडाध्यक्ष हुँदा भनेका थिए ‘चोरी नियन्त्रण गर्न कसैले सकेनन् । हामीले जानकारी गराउने महानगरपालिकालाई हो । प्रहरीलाई हो । महानगरले पनि हेर्दैन । प्रहरीले पनि वास्ता गर्दैन’ उनले भने ।

चोरी भएको थाहा पाइरहँदा पनि कुनै कदम नचाली बस्ने भरतपुर महानगरपालिका अवैध उत्खनन नियन्त्रणमा असफल भएको देखिन्छ । उत्खनन् गर्न स्वीकृत दिने अधिकार भएको महानगरपालिकासँग नै अवैध रुपमा भइरहेको उत्खनन रोक्ने अधिकार हुन्छ । नगर प्रहरीले रोक्न नसके नेपाल प्रहरीको सहयोगमा भए पनि पहाड उत्खनन् गरी गरिएको चोरी निकासी नियन्त्रण गर्नुपर्छ । लामो समयदेखि खुलेआम चोरी हुँदा पनि महानगरपालिकाले कुनै कदम नचाल्नु लज्जास्पद विषय हो ।

महानगरपालिका मौन भएर बस्ने, बरु चोरी भएको ठाउँलाई स्वीकृत दिन तिर लाग्ने कार्यले चोरी कार्यमा महानगरकै संलग्नता भएको पुष्टि हुन्छ । महानगरपालिकाका कर्मचारी र केही पार्टीका कार्यकर्ता अवैध उत्खनन र निकासीमा वर्षौंदेखि संलग्न भैरहेको स्थानीयहरुले बताएका छन् ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छः ट्रम्प

ताजा समाचार

सबै

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छः ट्रम्प

चितवनमा म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक फरार

आदिवासी जनजातिको अपमान गरेको भन्दै सोविता गौतमको आलोचना

काठमाडौंको दुई स्थानमा दुई वटा गाडीमा आगजनी,दुर्गा प्रसाईंको पर्चा समेत भेटियो

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण

उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

घोषणापत्रभन्दा विकासका प्रगति हेर्न चाहन्छन् मतदाता

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

सुन तोलाको कतिले बढ्यो ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २.
    संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ४.
    गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला

  • ५.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ६.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.