काठमाडौं पुस ५
काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
मौसमबिदका अनुसार “यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,” काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।
काठमाडौंमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ । ९ बजेसम्म काठमाडौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने संभावना छ ।
आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
मौसमबिदका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।
आज राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपात नहुने भएको हो ।
तराईका विभिन्न भू–भागमा लागेको हुस्सु तथा कुहिरो दिउँसोसम्म हट्ने संभावना रहेको छ








