Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी हो : मानसिक रोग विशेषज्ञ डा.गिरिराज

चितवन, २३ भदौ –

आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको यहाँ आयोजित कार्यक्रममा चिकित्सकले बताएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ब्युटिफुट माइण्ड इन्स्टिच्युट अफ साइकियाट्रीकको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा आज यहाँ आयोजित चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रममा आत्महत्याको सोच आउने बिरामीको उपचार सम्भव भएको बताइयो ।

कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा गिरिराज भन्तानाले मानसिक रोगीको उपचार ग¥यो भने निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोगको समयमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।”

आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि उक्त व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने भन्दै उहाँले उपचार गरे भने झनै कम हुने बताउनुभयो । आत्महत्याको सोच आउने व्यक्तिले आफ्ना कुरा अरुलाई सुनाउने मौका पाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “कुरा सुनाइसकेपछि कारण के हो ? कुन खालको मानसिक स्वास्थ्य अवस्था हो, त्यसको उपचार खोज्नुपर्छ ।”

आत्महत्या अघि मानिसको मनमा विवाद आउने जनाउँदै उहाँले भन्नुभयो, “व्यक्तिले ‘मेरो समस्याको समाधान के होला त ? के गर्दा मैले यो समस्याबाट छुटकारा पाउँछु, समाजले अब त मलाई बचाउन सक्दैन, म अब सबैको घृणित भइसकेँ, अब मैले के गर्नुपर्ला ?’ जस्ता विवादका सोच आउँछन् ।” यस्तो अवस्थामा व्यक्तिले एउटा मात्रै उपाय आत्महत्या देख्ने उहाँको भनाइ छ ।

कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उहाँले सही व्यवस्थापन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिसँगै व्यक्तिको सही व्यवस्थापन हुन सकेन भने मानसिक रोग बल्झिन्छ, मानसिक रोग बल्झेपछि फेरि आत्महत्याको सोच आउँछ ।” करिब ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको उहाँको भनाइ छ । उहाँले मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने बताउनुभयो ।

चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोशिस गरेको हुने भन्दै उहाँले भन्नुभयो, “आठ पठक आत्महत्याको कोसिस गरिसकेपछि बल्ल उ आत्महत्या गर्न पुग्छ ।” यिनै चरणको समयमा उक्त व्यक्तिलाई परामर्श र उपचारबाट रोक्न सकिने उहाँको भनाइ छ ।

नेपालको स्वास्थ्य बजेटको शुन्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको जानकारी दिँदै डा भन्तानाले मानसिक स्वास्थ्यबिनाको शारीरिक स्वास्थ्य कल्पना गर्न पनि नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “मानसिकरुपमा बिरामी छ भने शारीरिक रुपमा उ स्वस्थ हुनै सक्दैन ।”

आत्महत्या रोकथामका लागि जनचेना फैलाउने, उपचार गर्ने र व्यवस्थापन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “उपचारपछि रोजगारी पाओस्, परिवार र समाजबाट घृणित हुन नपरोस् ।” गत वर्ष नेपालमा सात हजार एक सय १५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट रहेको जनाउँदै उहाँले त्यो आत्महत्या कोसिसको १४ दशमलव ४८ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि एवं पत्रकार महासङ्घका सचिव दीपेन्द्र अधिकारीले गत आवमा चितवनमा दुई सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा रहेको जानकारी दिनुभयो । त्यसमध्ये पुरुष एक सय ४६, महिला ६१, बालक छ, बालिका ११ रहेका छन् । आगो लगाएर एक, विष सेवन गरेर २६, झुन्डिएर एक सय ८६ र हाम फालेर एक जनाले आत्महत्या गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा आत्महत्या गर्नेको सङ्ख्या दुई सय १४ छ भने आव २०७७÷०७८ मा दुई सय १९ जनाले आत्महत्या गरेको अधिकारीले तथ्याङ्क प्रस्तुत गर्नुभयो । चालु आवको साउन र भदौको २२ गतेसम्म १८ जनाले आत्महत्या गरेको जनाउँदै उहाँले पुरुष आठ, महिला छ, बालक दुई र बालिका दुई रहेको जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्य, आर्थिक तनाव, सामाजिक र सांस्कृतिक कारण, घरेलु हिंसा, प्राकृतिक विपत्ति, मानसिक स्वास्थ्य सेवाको अभाव, सांस्कृतिक अस्थाका कारणसमेत आत्महत्या गर्ने गरेको अधिकारीको भनाइ छ । कार्यक्रममा पत्रकार तिलक रिमालले सहजीकरण गर्नुभएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन
आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण
हर्क साम्पाङले पनि दिए राजीनामा

ताजा समाचार

सबै

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

हर्क साम्पाङले पनि दिए राजीनामा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मेयर बालेनले आज राजीनामा नदिने

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.