Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, जेठ १६, २०८३
☰
Logo शनिबार, जेठ १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. यस्तो रहनेछ आजको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ६. अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • ७. दमौलीमा पार्किङ निषेधको निर्णयविरुद्ध व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

  • ८. तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • ९. बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

  • १०. काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी हो : मानसिक रोग विशेषज्ञ डा.गिरिराज

चितवन, २३ भदौ –

आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको यहाँ आयोजित कार्यक्रममा चिकित्सकले बताएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ब्युटिफुट माइण्ड इन्स्टिच्युट अफ साइकियाट्रीकको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा आज यहाँ आयोजित चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रममा आत्महत्याको सोच आउने बिरामीको उपचार सम्भव भएको बताइयो ।

कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा गिरिराज भन्तानाले मानसिक रोगीको उपचार ग¥यो भने निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोगको समयमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।”

आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि उक्त व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने भन्दै उहाँले उपचार गरे भने झनै कम हुने बताउनुभयो । आत्महत्याको सोच आउने व्यक्तिले आफ्ना कुरा अरुलाई सुनाउने मौका पाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “कुरा सुनाइसकेपछि कारण के हो ? कुन खालको मानसिक स्वास्थ्य अवस्था हो, त्यसको उपचार खोज्नुपर्छ ।”

आत्महत्या अघि मानिसको मनमा विवाद आउने जनाउँदै उहाँले भन्नुभयो, “व्यक्तिले ‘मेरो समस्याको समाधान के होला त ? के गर्दा मैले यो समस्याबाट छुटकारा पाउँछु, समाजले अब त मलाई बचाउन सक्दैन, म अब सबैको घृणित भइसकेँ, अब मैले के गर्नुपर्ला ?’ जस्ता विवादका सोच आउँछन् ।” यस्तो अवस्थामा व्यक्तिले एउटा मात्रै उपाय आत्महत्या देख्ने उहाँको भनाइ छ ।

कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उहाँले सही व्यवस्थापन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिसँगै व्यक्तिको सही व्यवस्थापन हुन सकेन भने मानसिक रोग बल्झिन्छ, मानसिक रोग बल्झेपछि फेरि आत्महत्याको सोच आउँछ ।” करिब ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको उहाँको भनाइ छ । उहाँले मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने बताउनुभयो ।

चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोशिस गरेको हुने भन्दै उहाँले भन्नुभयो, “आठ पठक आत्महत्याको कोसिस गरिसकेपछि बल्ल उ आत्महत्या गर्न पुग्छ ।” यिनै चरणको समयमा उक्त व्यक्तिलाई परामर्श र उपचारबाट रोक्न सकिने उहाँको भनाइ छ ।

नेपालको स्वास्थ्य बजेटको शुन्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको जानकारी दिँदै डा भन्तानाले मानसिक स्वास्थ्यबिनाको शारीरिक स्वास्थ्य कल्पना गर्न पनि नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “मानसिकरुपमा बिरामी छ भने शारीरिक रुपमा उ स्वस्थ हुनै सक्दैन ।”

आत्महत्या रोकथामका लागि जनचेना फैलाउने, उपचार गर्ने र व्यवस्थापन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “उपचारपछि रोजगारी पाओस्, परिवार र समाजबाट घृणित हुन नपरोस् ।” गत वर्ष नेपालमा सात हजार एक सय १५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट रहेको जनाउँदै उहाँले त्यो आत्महत्या कोसिसको १४ दशमलव ४८ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि एवं पत्रकार महासङ्घका सचिव दीपेन्द्र अधिकारीले गत आवमा चितवनमा दुई सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा रहेको जानकारी दिनुभयो । त्यसमध्ये पुरुष एक सय ४६, महिला ६१, बालक छ, बालिका ११ रहेका छन् । आगो लगाएर एक, विष सेवन गरेर २६, झुन्डिएर एक सय ८६ र हाम फालेर एक जनाले आत्महत्या गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा आत्महत्या गर्नेको सङ्ख्या दुई सय १४ छ भने आव २०७७÷०७८ मा दुई सय १९ जनाले आत्महत्या गरेको अधिकारीले तथ्याङ्क प्रस्तुत गर्नुभयो । चालु आवको साउन र भदौको २२ गतेसम्म १८ जनाले आत्महत्या गरेको जनाउँदै उहाँले पुरुष आठ, महिला छ, बालक दुई र बालिका दुई रहेको जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्य, आर्थिक तनाव, सामाजिक र सांस्कृतिक कारण, घरेलु हिंसा, प्राकृतिक विपत्ति, मानसिक स्वास्थ्य सेवाको अभाव, सांस्कृतिक अस्थाका कारणसमेत आत्महत्या गर्ने गरेको अधिकारीको भनाइ छ । कार्यक्रममा पत्रकार तिलक रिमालले सहजीकरण गर्नुभएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चिकित्सकहरुको सम्मेलन सुरु
एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ भव्य रूपमा सम्पन्न, विद्यार्थीमा उत्साह

ताजा समाचार

सबै

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चिकित्सकहरुको सम्मेलन सुरु

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ भव्य रूपमा सम्पन्न, विद्यार्थीमा उत्साह

आदर्श गृह नेपालद्वारा प्रहरी प्रमुख पौडेललाई स्वागत तथा सम्मान

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिने

सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री कार्यक्रम’ ल्याइने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    यस्तो रहनेछ आजको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५.
    पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ६.
    अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech