Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, असार ०३, २०८३
☰
Logo बुधबार, असार ०३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ३. जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ४. चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

  • ५. सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

  • ६. भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७. चितवनमा राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गरिँदै

  • ८. चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

  • ९. गोताखोर पुनर्ताजगी तालिम सम्पन्न

  • १०. चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाईदै

चैतेदशैँमा चितवनको सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

भरतपुर –  चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो ।

चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला एक साता अघिदेखि सुरु भएको हो । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा एक साताअघि पूजा गरेपछि मेला सुरु भएको थियो । भरतपुर महानगरको वडा नं २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । उनले यस वर्ष हजारौँ भक्तजन विक्रमबाबा मेलामा आएको बताए ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ ।

यस्तै माडीको गोद्धक मेलामा पनि भक्तजनको घुइँचो लागेको छ । धार्मिक एवं पुरातात्विक महत्व बोकेको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला एक साता अघिदेखि सुरु भएको हो । चैत १७ गतेसम्म मेलासँगै यज्ञ सञ्चालन हुनेछ ।

मेलामा गुरु चैतन्य कृष्णले राम कथावाचन गरेका छन्। यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले यहाँ रहेका चार धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवं धार्मिक महत्व बोकेका ठाउँ गोद्धक क्षेत्रमा प्रशस्तै छन् । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ ।

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड)मा पुगी स्नान गरेको धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यस्तै माडीको सोमेश्वरगढीस्थित कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कालिका मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदादेखि चैत शुक्ल नवमीसम्म विशेष पूजाआजासहित भव्य मेला लाग्ने गर्छ । नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सो मन्दिर परिसरमा हरेक वर्ष चैतेदशैँको अवसर पारेर हुने मेलामा नौ दिनसम्म पूजाआजा हुने परम्परा छ । मेलामा पूजा गर्न दैनिक दशौँ हजारको सङ्ख्यामा नेपाली र भारतीय भक्तजन आउने गरेका छन् ।

सोमेश्वरगढी पुग्ने पर्यटक तथा भक्तजनको सहजतालाई मध्यनजर गर्दै माडी नगरपालिकाका निर्माण साधन प्रयोग गरी सडकको मर्मत गरिएको र मन्दिरस्थल सरसफाइ, पिउने पानीको व्यवस्था र अन्य आधारभूत काम गरिएको सोमेश्वर क्षेत्र पूजा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताए । उनले यस वर्ष भारतबाट हजारौँ भक्तजन सोमेश्वरमा आएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यस्थलमध्ये चितवनको सोमेश्वरगढी पनि एक हो ।रासस

Chitwan Aaja चितवन आज
बुधबार, चैत १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनको कृषि विश्वविद्यालयबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ
भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन

ताजा समाचार

सबै

चितवनको कृषि विश्वविद्यालयबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन

‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए

संसद्को सभाकक्षमा सभामुख प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै सांसद महरको नियमापत्ति

रास्वपाको महाधिवेशन भरतपुरको गेष्टहाउस चौरमा

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायोः सांसद महर

कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा भरिभराउ

मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी

गत वर्षभन्दा तीन दिन ढिला हुँदा पनि मनसुन नेपाल भित्रिएन

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

रास्वपा महाधिवेशनः रत्ननगरमा सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

काठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली (तस्बिरहरु)

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ३.
    जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ४.
    चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

  • ५.
    सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

  • ६.
    भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech