२ असार, काठमाडौं ।
प्रतिनिधिसभा बैठकको सभाकक्षमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई जना मन्त्री नउठेको भनेर नियमापत्ति भएको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यो विषय उठाएका हुन् ।
बैठक बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक दिउँसो सम्बन्धित मन्त्रीको अनुपस्थितिले १५ मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएर पुन: सुरु भएको बैठकमा अन्य सदस्यहरू उठेको तर दुई जना मन्त्री नउठेको भनेर एमालेका प्रमुख सचेतकले नियमापत्ति गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २० मा बैठकमा पालन गर्नुपर्ने नियम छ ।
जसको (क) मा भनिएको छ, ‘सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने’ भनिएको छ ।
सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने लगायतका नियम समेत यसमा रहेका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार















