चितवन, कार्तिक २-
सयपत्री फूलको माग वृद्धि भए पनि लागत खर्च कम गर्न नसक्दा उपभोक्ताले सस्तोमा माला पाउन सकेका छैनन् । व्यावसायिक रूपमा सयपत्रीको फूलखेती गर्नेहरूले भारत, थाइल्यान्डलगायतका देशबाट बीउ ल्याउने गरेका छन् ।
फूलको बीउ नेपालमा नै उत्पादन गर्न सकेमा सस्तोमा खरिद गरेर लगाउँदा उपभोक्ताले सुलभ मूल्यमा माला फूल पाउने व्यवसायीको भनाइ छ ।
फ्लोरिकल्चर एसोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठका अनुसार अहिले पनि सयपत्री रोप्नका लागि बीउ भारतलगायत अन्य देशबाट ल्याउनुपर्ने बाध्यता छ ।
एक किलोग्राम सयपत्री फूलको बीउका लागि २० हजार रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।
व्यवसायीका अनुसार एक किलोग्राम बीउबाट १५ देखि २० हजार बिरुवा निस्कने गर्दछन् । नेपालमा माग हुने कलकत्ते सयपत्री हो । यसको आकार मध्यम हुने भएकाले नेपालमा माग धेरै भएको व्यवसायीले बताएका छन् ।
फूलमा आत्मनिर्भर बन्दै चितवन
यस वर्षको तिहारको फूलमा चितवन आत्मनिर्भर अवस्थानजिक पुगेको छ । फूलखेतीमा लागेका किसानहरूका अनुसार चितवनमा यस वर्षको तिहारका लागि चार करोड रुपियाँ बराबरको फूल उत्पादन हुने देखिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष अमर घलेका अनुसार यस वर्षको तिहारमा यहाँ उत्पादन हुने फूलले ८० प्रतिशतसम्म माग धान्ने छ । चितवनमा करिब एक सय जना किसानले फूलखेती गरेका छन् ।
मौसमी खेती गर्ने र सधैँ यसै क्षेत्रमा लाग्नेहरू फूलखेतीमा रहेको उनले जानकारी दिए । चितवनमा झन्डै ७ लाख फूलको मालाको माग हुने र यसको ८० प्रतिशत जिल्लाले पु¥याउने सक्ने क्षमता भएको घलेले बताए ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत सिफारिस ल्याउने र निकुञ्जले थोरै भए पनि किसानलाई राहत वितरण गर्ने गरेको आचार्यले जानकारी दिए।
गत वर्ष मात्रै निकुञ्जले विभिन्न शीर्षकमा तीन करोडको राहत वितरण गरेको उनले बताए। त्यसमध्ये सबैभन्दा धेरै बालीनाली क्षतिको नै हुने गरेको आचार्यको भनाइ छ। -गोरखापत्र