Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, जेठ १६, २०८३
☰
Logo शनिबार, जेठ १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. यस्तो रहनेछ आजको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ६. अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • ७. तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • ८. बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

  • ९. दमौलीमा पार्किङ निषेधको निर्णयविरुद्ध व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

  • १०. काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

आदर्श गृह नेपालद्वारा प्रहरी प्रमुख पौडेललाई स्वागत तथा सम्मान

जेठ १६,चितवन —
आदर्श गृह नेपालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई स्वागत तथा सम्मान गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर शुक्रबार भरतपुर–४ स्थित संस्थाको भवनमा आयोजित कार्यक्रममा नयाँ एसपी पौडेललाई स्वागत तथा सम्मान गरिएको हो।

संस्थाले आयोजना गरेको कार्यक्रममा एसपी पौडेलले यसअघि विभिन्न जिल्लामा रहँदा गरेका कार्यको प्रशंसा गर्दै चितवनमा नयाँ जिम्मेवारीसहित आएको अवसरमा स्वागत गरेको हो । कार्यक्रममा संस्थाका पदाधिकारीहरूले उनलाई खादा र फूलको गुच्छा प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै एसपी पौडेलले चितवनको शान्ति सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। आदर्श गृहले आफूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी सम्मान गरेकोमा धन्यवाद दिँदै उनले संस्थाले समाजमा पुर्‍याउँदै आएको योगदानबारे आफू पहिलेदेखि नै जानकार रहेको बताए।

उनले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै आदर्श गृहले निर्माण गर्न लागेको नयाँ भवनप्रति खुशी व्यक्त गरे। साथै व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग र साथ रहने प्रतिबद्धता पनि जनाए।

एसपी पौडेलले आदर्श गृहमा आश्रित बालबालिकाले भविष्यमा प्रहरी तथा सरकारी सेवामा जान चाहे आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराउने समेत बताए।

संस्थाकी संस्थापक अध्यक्ष मिना कुमारी खरेलले स्वागत मन्तव्य व्यक्त गर्दै एसपी पौडेललाई सफल कार्यकालको शुभकामना दिइन्। उनले विगतदेखि नै बालबालिकाको क्षेत्रमा काम गर्दै आउँदा प्रहरी प्रशासनको साथ र सहयोगले संस्थालाई यहाँसम्म आइपुग्न सहज भएको बताइन्। आगामी दिनमा पनि सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै उनले जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा अपराध नियन्त्रणमा प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्।

खरेलले आदर्श गृहले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको र आगामी दिनमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिइन्। हालसम्म संस्था भाडाको घरबाट सञ्चालन भइरहेको उल्लेख गर्दै महिला र बालबालिकाका लागि छुट्टाछुट्टै व्यवस्थापन आवश्यक भएकाले भरतपुर महानगरपालिका–१५, विश्वप्रकाश टोलमा ४ कठ्ठा जग्गा खरिद गरी भवन निर्माण कार्य सुरु गरिएको बताइन्। भवन निर्माण सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष एवं संस्थाका कानुनी सल्लाहकार फुलमाया रानाभाटले आदर्श गृहले धेरै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा भूमिका खेलेको बताइन्। उनले यस्ता सामाजिक संस्थालाई सहयोग गर्नु राज्यको दायित्व भए पनि पर्याप्त सहयोग नपुगेको उल्लेख गर्दै सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखिन्।

त्यसैगरी वरिष्ठ चिकित्सक डा. केशवराज भुर्तेल, खानेपानी तथा सरसफाई डिभिजन बागमती प्रदेश का पूर्व डी ई प्रमुख हरिराम पौडेल, संस्थाका सल्लाहकार इन्जिनियर भोजराज कौडेल लगायतले आदर्श गृहले गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष हेम माया गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थाका छोरीहरु द्वारा स्वागत सहित नृत्य प्रस्तुत गरिएको थियो ।

संस्थाका संस्थापक सदस्य एव वर्तमान सचिव अर्जुन अधिकारीले संस्थागत पृष्ठभूमि व्यक्त गर्दै कार्यकमको संयोजन तथा सञ्चालन गरेका थिए भने कार्यक्रममा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि, आदर्श गृहका पदाधिकारी, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, संस्थामा आश्रित संरक्षित महिला तथा बालबालिकाहरु लगाएतको उपस्थिति रहेको थियो।

संस्थाले हालसम्म १ हजार २ सय २६ भन्दा बढी व्यक्तिको उद्धार, १ हजार १ सय ८१ जनाको पारिवारिक पुनर्मिलन तथा २ सय ३४ जनालाई कानुनी न्याय दिलाउन सहयोग गरेको जनाएको छ। हाल संस्थामा ३४ जना आश्रित रहेका छन्।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ भव्य रूपमा सम्पन्न, विद्यार्थीमा उत्साह
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

ताजा समाचार

सबै

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ भव्य रूपमा सम्पन्न, विद्यार्थीमा उत्साह

आदर्श गृह नेपालद्वारा प्रहरी प्रमुख पौडेललाई स्वागत तथा सम्मान

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिने

सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री कार्यक्रम’ ल्याइने

पूँजीगत लाभकर अन्तिम हुने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    यस्तो रहनेछ आजको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५.
    पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ६.
    अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech