चितवन, चैत २६-
चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरस्टोर्स भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनीपछि बन्द रहेको भाटभटेनी पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो ।
भोलि बिहान १० बजेदेखि स्टोर्सबाट नियमित सेवा प्रदान गरिने जनाइएको छ । “चैत २७ गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ,” भाटभटेनीले भनेको छ । यसअघि कोटेश्वरस्थित स्टोर्स र महाराजगन्जमा रहेको स्टोर्सको पुनर्निर्माण सकेर भाटभटेनीले सञ्चालनमा ल्याइसकेको छ ।








