चितवन, २ माघः
बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको आधिकारिक बिक्रेता गो अटोमोबाइल्स प्रालि काठमाडौंको आयोजना तथा युरो मोर्टस भरतपुरको सहकार्यमा भरतपुरमा एक्सचेन्ज क्याम्प गर्दैछ ।
कम्पनीले शनिबार बिहान भरतपुरको चितवन मिडटाउन होटल परिसरमा एक्सचेन्ज क्याम्प गर्न लागेको हो । इभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्सचेन्ज क्याम्प गर्न लागिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिए ।
क्याम्पमा जुनसुकै कम्पनीका गाडीसँग K A I Y I ब्राण्डका उत्पादनसंँग साट्न सकिने छ । क्याम्पमा K A I Y I ब्राण्डका तीनवटा मोडल सार्वजनिक गरिनेछ । ‘भोलिको क्याम्पमा २५ लाखमै ३०० किमी गुड्ने फेमिली कार पनि छ , बर्माले भने, यस्तै इभीमा म्याक्स कम्पनीको हेभी पिकअप पनि सार्वजनिक गर्दैछौँ ।’ एक्सचेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले विशेष सहुलियत तथा अफर प्राप्त गर्न सक्ने निर्देशक बर्माले बताए ।
क्याम्पमा ग्राहकले K A I Y I ब्राण्डका गाडी टेष्ट ड्राइभ, बुकिङ्ग, खरीद तथा एक्सचेन्ज गर्न सक्नेछन् ।
बर्माका अनुसार शनिबार बिहान साँढे १० बजेदेखि क्याम्प शुरु हुनेछ । क्याम्पमा सहभागी भएर अधिकतम लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ ।
काया ब्राण्डका गाडीहरू ग्राहकको रुचिमा पर्दै आएका छन । यस अघि सौराहामा एक्सचेन्ज क्याम्प राखिएको थियो भने आइतबार कावासोतीमा एक्सचेन्ज क्याम्प राखिने कम्पनीले जानकारी दिएको छ ।






