भरतपुर माघ १
देवघाटधाममा क्षेत्रमा विभिन्न नाममा पैसा उठाउदा धार्मिक महत्त्व, मर्म र मौलिक संस्कृति छायामा पर्ने बारे आवाज उठेको छ ।
सामाजिक कार्यमा सक्रिय भरतपुर निवासी प्रदिप पराजुलीले सामाजिक संजालमा एक स्टाटस लेख्दै यस प्रति असन्तुष्टि जनाउदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्, ।
विभिन्न सामाजिक संघसंस्था, वित्तीय संस्था एवम् युवा विद्यार्थी माझ परिचित पराजुलीले उक्त स्थानमा भएका सामाजिक गतिविधिको प्रसंसा सगै पैसा उठाउने कामलाई चन्दा आतंकको संज्ञा दिदै धार्मिक महत्व, मर्म र मौलिक संस्कृति छायामा पर्ने बताएका हुन् ।
“देवघाट धाम क्षेत्रका मेला पैसा, चन्दा उठाउने माध्यमको रूपमा विकास गरिनुहुदैन । यसले तिर्थालुहरूमा नकारात्मक असर सगै धार्मिक महत्त्व, मर्म र मौलिक संस्कृति माथि गम्भीर प्रहार गर्दछ।” उनले लेखेका छन्।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







