गैँडाकोट, १ माघ-
चौथो गैँडाकोट महोत्सव अन्तर्गत आयोजना गरिएको भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो भएको छ ।
प्रतियोगितामा सहभागी १७ वटा टोलीलाई पछाडि पार्दै भजन प्रतियोगितमा पहिलो भएको कैलाश संन्यास आश्रम भजन समूहले २० हजार रुपैयाँ पुरस्कार हात पारेको प्रतियोगिताको निर्णायक सहसंयोजक ढकबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा चितवनको भरतपुरस्थित शिवालय सेवा समिति गोपेश्वर बोलबमधाम दोस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पारेको छ । प्रतियोगितामा तेस्रो भएको भारद्वाज आश्रम सप्तऋषि मन्दिर समूहले १० हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।
भजन प्रतियोगितामा तीन वटा समूहले समान अङ्क प्राप्त गर्दै सान्त्वना भएका छन् । सान्त्वना भएका शिव पाञ्चायन सेवा समिति दिव्यधाम, श्रीकृष्ण मन्दिर हर्कपुर र श्री भगवान बराहा दिव्यधामले प्रोत्साहन स्वरुप पाँच पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका कार्कीले जानकरी दिए ।
स्थानीय कला र संकृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवस्थलमा पुस २७ देखि भजन प्रतियोगिताको आयोजना गरिएको थियो ।






