चितवन, पुष २६ –
चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न समाजको तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समाजको उपाध्यक्षमा यम थापा, सचिवमा दुर्लभबन्धु पोखरेल, कोषाध्यक्षमा शंकर कुमार श्रेष्ठ, सहसचिवमा ओमबहादुर रिजाल, सदस्यहरुमा विजय अर्याल, पदमकुमारी श्रेष्ठ, सुदिप पौडेल, नवराज लामिछाने, लिलाकान्त महत्तो र दुर्गा सापकोटा चयन भएका छन् ।
त्यसैगरी समाजको राप्ती संयोजकमा कृष्ण चन्द्र डल्लाकोटी, खैरहनी संयोजकमा विपिन चौधरी, रत्ननगर संयोजकमा प्रकाश गिरी, इच्छाकामना संयोजकमा विमला श्रेष्ठ, माडी संयोजकमा सुलभबन्धु पोखरेल, भरतपुर संयोजकमा त्रिलोचन अधिकारी, कालिका संयोजकमा युवराज सुवेदी चयन भएका छन् ।
त्यसैगरी लेखा संयोजकमा गगन केशरी अधिकारी, सदस्यहरुमा कुमार श्रेष्ठ र काशिराम आचार्य चयन भएका छन् ।
भरतपुरको आँपटारीमा रहेको जलदेवी पार्कमा तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनसँगै रजत स्मारिक विमोचन तथा वनभोज कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा भरतपुर महानगपालिका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख उपस्थिति रहेको थियो ।
तस्विरमा हेरौं,
चितवन कोरिया पुनर्मिलन समाजको तेस्रो साधारण सभा, दोश्रो अधिवेशनल, रजन स्मारिका विमोचन तथा वनभोज कार्यक्रमका झलक :










