• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ १८, २०८२
☰
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

बाहादुरी नेपाली काबुलबाट अमेरिकी सेनाका हतियार कुवेत पुर्‍याएर काठमाडौं फर्किएका प्रकाश

अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिबानले देशका विभिन्न प्रान्त कब्जा गरिरहेका थिए। उनी बसिरहेकै ठाउँमा अमेरिकी सेनाका अधिकारीले सूचना दिए, ‘रेडी भएर बस्नु, आदेश आउनासाथ काबुल छाड्नुपर्छ।’

प्रकाश छुट्टीमा घर आएर काबुल फर्केको जम्मा १ सातामात्र भएको थियो। लमजुङको सूर्यपाल निवासी प्रकाश अहिले स-परिवार तनहुँको दमौली बस्छन्। भारतीय सेनाबाट अवकाश लिएपछि केही वर्ष नेपालमै बसेका प्रकाश ३ वर्षअघि अफगानिस्तान पुगेका थिए।

काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्ड बनेका प्रकाशले यसअघि कुनै पनि अप्रिय घटनाको सामना गर्नु परेको थिएन। विद्रोही तालिबानले यति छिट्टै देश कब्जा गर्ला भनेर उनले सोचेका पनि थिएनन्।

‘यति छिट्टै फर्कनुपर्छ भनेर पहिल्यै थाहा भए त नेपालमै बस्थें नि,’ उनले भने, ‘फर्कनुभन्दा २ दिनअघिसम्म पनि यस्तो होला भनेर सोचेकै थिएनौं।’

काबुल पुगेर उनले कोरोनाविरूद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएर ड्युटी थालिसकेका थिए। वैशाख २१ मा छुट्टी मनाउन नेपाल आएका प्रकाश फर्कने बेला काठमाडौंको सुन्धारास्थित होटल सिङ्गापुर वनमा २९ दिन क्वारेन्टिन बसेको थिए। छुट्टी आउनुअघि कोभिसिल्ड खोपको पहिलो डोज लगाएका उनले दोस्रो डोजमा कोभिसिल्ड लगाउन पाएनन्। अमेरिकी दूतावासले नै उनलाई कोभिसिल्डको ‘भ्यालिडिटी’ सकियो भन्दै जोन्सन एण्ड जोन्सन खोप लगाइदिएका थिए।

अमेरिकी सेनाका अधिकारीले काबुल छाड्नु पर्ने सूचना दिएलगत्तै प्रकाशले आफ्ना सामान मिलाउन थाले। काबुल छाड्ने आदेशको प्रतीक्षा गरे।

भोलिपल्टै अर्थात् साउन ३१ गते काबुल छाड्ने आदेश आयो। प्रकाशसहित दूतावासमा कार्यरत नेपाली र अन्य देशका नागरिकले पनि फर्कने मेलो मिलाए।

त्यतिबेला प्रकाशसँग सुरक्षा गार्ड बस्दा बोक्ने हतियार साथमै थियो। अमेरिकी सेनाले हेलिकप्टरमार्फत् प्रकाशलाई दूतावासबाट काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल लग्यो। त्यतिबेलासम्म विमानस्थल अमेरिकी सेनाले कब्जा गरिसकेको थियो। विमानस्थलमा सैनिक जहाजबाहेक अन्य व्यवसायिक उडान बन्द गरियो। अमेरिकी दूतावासमा मात्रै होइन, अन्य देशका दूतावासमा कार्यरत विदेशीलाई पनि विमानस्थल लैजान थालिएको थियो।

‘अमेरिकी सेनाको हेलिकप्टरले हामीलाई दूतावासबाट एयरपोर्ट ओसार्न थाल्यो,’ प्रकाशले भने, ‘हामी विमानस्थल पुग्दा भिड बढिसकेको थियो।’

विमानस्थलमा उनीहरू हुँदा नै गोली चलेको प्रकाशले बताए। अमेरिकी पासपोर्ट बोकेका अफगानीसमेत अमेरिका वा अरू देश जान चाहेकाले विमानस्थलमा भिड बढेको उनले बताए।

विमानस्थलमा टर्कीको सेनाले २ जनालाई नियन्त्रणमा लिएको प्रकाशले बताए। टर्कीको सेनाले कसलाई नियन्त्रणमा लियो र किन नियन्त्रणमा लियो भन्नेबारे आफूहरूलाई केही थाहा नभएको उनले बताए। त्यही बेला अमेरिकी सेनाले ‘फायर खोलेको’ हुन सक्ने उनको भनाइ छ।

प्रकाशका अनुसार आइतबार काबुलस्थित विमानस्थलमा हेलिकप्टरबाट समेत गोली चलेको आवाज आएको थियो। तर कसले किन चलायो भन्ने जानकारी उनले पाएनन्।

अमेरिकी सेनाको जहाजले प्रकाशसहित अरू नेपाली र अन्य देशका नागरिकलाई कतार लग्यो। जहाज चढ्दा प्रकाशसँग आफूले बोकेको एमफोर राइफल, यसका १५० राउण्ड गोली, एउटा पेस्तोल र त्यसमा लाग्ने ४५ वटा गोली पनि थिए। अमेरिकी सेना र सुरक्षा गार्डमा बसेका सबै जना हतियारसहित जहाज चढेको प्रकाशले बताए।

काबुलबाट उडेको सैनिक जहाज कतारतर्फ लाग्यो। जहाजमा आएका अधिकांशसँग हतियार साथमै थियो। अमेरिकी सेनाले हतियार कुवेतमा जम्मा गर्ने भन्यो। प्रकाशसहितका टोली कतारबाट सैनिक जहाजमै कुवेततर्फ लागे। कुवेतमा हतियार राखेपछि नेपाल आएको उनले बताए। कुवेतबाट नेपाल आउन पनि अमेरिकी दूतावासले नै जहाज चार्टर गरिदिएको थियो।

प्रकाशसहित ११८ जना नेपाली अफगानिस्तानबाट कतार, कुवेत हुँदै मंगलबार काठमाडौं आइपुगेका छन्। उनीहरूलाई नेपाली सेनाले सामाखुशी लगेर कोरोना परीक्षण गर्ने र होम आइसोलेसन पठाउने तयारी गरेको छ।

प्रकाशका अनुसार अफगानिस्तानमा तत्काल ठूलो खतरा छैन। तालिबान विद्रोहीले अहिलेसम्म विदेशी नियोगमा आक्रमण गरेका छैनन्। अहिलेसम्म सबैजना सुरक्षित रहेको उनले बताए। तालिबानले अफगानी प्रहरी र सेनालाई आत्मसमर्पण गर्न लगाएको उनले बताए।

‘अफगानी प्रहरी र सेनाले आत्मसमर्पण गरेर तालिबानलाई हतियार बुझाए,’ उनले भने, ‘त्यसपछि तालिबान राष्ट्रपति कार्यालय छिरे।’

अफगान प्रहरी र सेनाले तालिबानलाई हतियार बुझाएर घर गएको उनले बताए। तालिबान विद्रोहीले काबुलस्थित अमेरिकी दूतावास र अन्य देशका दूतावासलाई अहिलेसम्म केही नगरेको उनले बताए।

Chitwan Aaja चितवन आज
मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भदौ १९ गतेदेखि चितवनमा‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने
नवलपुरको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए

सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

रुपन्देही–३ मा उम्मेदवार छान्ने प्रक्रियामा राप्रपामा विवाद, केन्द्रको निर्णय तल्लो तहले नमान्ने

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न सांसद नेम्वाङको माग

यस्तो रह्यो प्रधानमन्त्री ओली सहभागी चीनको सैन्य परेड (तस्वीरहरु)

ट्रम्पको आरोप : सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

चौताराका किसान किबीखेतीमा आकर्षित

एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिता : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै

सुनको मूल्य हालसम्मकै उच्च : कतिमा हुदैँ छ कारोबार ?

दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.