Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, फागुन २०, २०८२
☰
Logo बुधबार, फागुन २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ३. संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ४. गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला

  • ५. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ६. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ७. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  • ८. गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

  • ९. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • १०. नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको विशेष अपील

गोरखाका बाढीपीडित भन्छन्, ‘हाम्रो समस्या सरकारले देखेन’

अश्विन दानी

गोरखा, ३१ जेठ-

‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍याे । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ,’ उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी बिलौना सुनाउँछिन् ।

पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दी घर भएकी अधिकारीलाई तीन वर्षदेखि बाढीले वर्षेनि दुख दिइरहन्छ । केही वर्ष अघि नै श्रीमानकाे मृत्यु भयो, छोरी बिहे गरेर गइन् । त्यसपछि उनी घरमा एक्लै छिन् । घरमा साथी भनेकै अहिले उनका लागि केही कुखुरा, बाख्रा र भैँसी छन् ।

कपाल सेतै फुलेका छन् । दुई/चार वटाबाहेक सबै दाँत झरिसके । बुढेशकालले छपक्कै छोपिसक्यो । तर, उनलाई खेतीपाती नगरी सुखै छैन । घर आसपासमै उनको ४ रोपनी खेत छ । यही खेतमा सिजन अनुसार धान, मकै लगाउँथिइन् ।

गत बिहीबार पनि वर्षासँगै आएको बाढीले उनको खेत र घर डुब्यो । खेर र घरमा बाढी पसेपछि उनको मन पनि पीडामा डुबेको छ । घर र खेत जति डुबेपनि सरकारले उनलाई राहत कहिल्यै दिँदैन्, दिएको उनलाई याद पनि छैन । तर, उनी पीडामा डुबेको आफ्नो मनलाई भने ‘जिन्दगी यस्तै त होनी’ भन्दै थम्थमाएर राहत दिइरहन्छिन् ।

‘धान काट्ने सुरु गर्दागर्दै बिहीबारको बाढीले सोत्तर बनायो । भोलिपल्ट भिजेका धानको बाला टिपेर पानीमा धोएँ, १० पाथी जति भयो । त्यही पनि तलामा लगेर रेलेकी छु, पाँच मुरी धान भित्रने आशा गरेको, १० पाथी भित्रियो’, उनले दुख पोख्दै भनिन्, ‘घरभित्र पनि पुरै हिलो पसेको थियो । दुई दिन लगाएर बल्लतल्ल फालेँ ।’

भित्र्याउने बेला भएको धान बाढीले डुबेर क्षति भएपछि उनको खासै कुनै काममा सुर जाँदैन । बाढी पसेदेखि घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दै उनको दिन बित्न थालेको छ ।

‘तीन वर्ष भईसक्यो बाढीले घर र खेत पुर्न थाल्याे, कहिले त घरै बगाउँछ क्या हो जस्तो डर लाग्छ । क्यार्नु ? अन्त गएर बस्ने ठाउँ पनि छैन । भएजति सबै यहीँ छ । चटक्कै छाडेर पनि कहाँ जानु ?’, उनी तीन वर्षयता बाढीले दिएको पीडा सुनाउँछिन् ।

यस क्षेत्रमा मात्रै करिब ३५ सय रोपनी किसानका खेतमा बाढी पसेको वडा कार्यालयले जनाएको छ । चुतीखोला र खारखोला आसपासका खेतमा बाढी पसेपछि भित्र्याउने बेला भएको चैते धान र मकै बाली सोत्तर भएको छ । कतिपयको बर्खे धान रोप्न ठिक्क पारेको खेतमा धार बदलेर खोला बगिरहेको छ । बाढिले लगेको पाँगो माटामा पुरिएका धान र मकै मिलेसम्म किसान जेनतेन झिक्दै छन् ।

‘१९ रोपनीमा मकैँ र धान लगाएको थिएँ । पाक्ने बेला भाथ्यो । बाढीले पुर्‍याे । यसपालि त अन्नकै अभाव हुन्छ जस्तो छ’, स्थानीय रामबहादुर अधिकारी भन्छन् ।

पालुङटार नगरपालिका–९ सिस्नेरीका टेकबहादुर नगरकोटीले अँधियामा खेत लिएर धान लगाएका थिए । उनले चैते धान लगाउँदा रोपार, बाउसे, हली गरेर ३५ हजार खर्च गरे । तर, धान काट्ने बेलैमा बाढिले सबै डुब्यो ।

‘अँधियामा लिएर चैते धान लगाएको थिएँ । २५ मुरी जति उब्जनी हुन्थ्यो, बाढीले सबै डुब्यो । दुख गर्नु मात्रै भयो । आउँदो वर्षबाट अब यहाँ खेती नै गर्दिँन’, उनले भने । डुबेको खेतमा देखिएका अलिअलि बाला काटेर धोइधाइ गर्दैछन् ।
‘डुब्नु डुबिहाल्यो । त्यही पनि अब केही मात्रै भएनि आउँछ कि भन्ने आश लाग्यो । के गर्नु ?’, नगरकोटी भन्छन् ।

पालुङटार क्षेत्रमा मात्रै दुई सय भन्दाबढी किसानको खेतमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ । यहाँ नेताहरु चुनावको बेला भोट माग्न आउँछन् । अनेक आश्वासन देखाउँछन्, पीडित जनताले दिएको भोटबाट सरकारमा पुग्छन् । तर, जनताका पीडा सम्बोधन गर्न कुनै पहल गर्दैनन् ।

‘संघ, प्रदेश स्थानीय सरकार छ । यी सरकार सबै चुप लागेर बस्या छन् । चुनावको बेला भोट माग्न चाँही सबै जना आउने, जनतासँग भोट माग्ने । भोट पाएर जितेर सरकारमा जाने तर जनता समस्यामा हुँदा बेवास्ता गर्ने, राहत दिन त परको कुरा हाे,’ स्थानीय खुतराज अधिकारीले गुनासो गरे ।

बिर्दी र शेरा बजार खोला कटानले जोखिममा छ । एक दर्जन घर उच्च जोखिममा छन् । तत्काल रोकथाम तथा न्यूनीकरणका तटबन्धन नगरे ठूलो जनधनको क्षति हुनसक्ने स्थानीय बताउँछन् । अन्य फोटो ग्यालरीमा छन् ।

‘खेत त प्रत्येक वर्ष बगाइरहेकै छ । यसपालिबाट घर नजिकै आइसक्यो । तत्काल तटबन्धन नगरे दर्जनौँ घर बगाउन सक्छ’, स्थानीय भुवन सेडाइँले भने ।

यहाँका किसानका समस्या समाधान गर्नका लागि संघ र प्रदेश सरकारसँग हारगुहार मागे पनि कतैबाट सम्बोधन नभएको वडाध्यक्ष भेजराज पाण्डे बताउँछन् ।

‘खोलामा तटबन्ध गर्न तीन वर्षअघि पालुङटार नगरपालिकाले प्रारम्भिक सर्वेक्षण गरेको थियो । त्यसका लागि करिब १६ करोड लागत लाग्ने अनुमान भएको थियो । हामीले स्रोत जुटाउन एउटा समिति बनाएर संघ र प्रदेश सरकारसम्म अनुरोध गरेका थियौं । तर, आजसम्म कतैबाट पनि सम्बोधन भएको छैन’, उनले भने ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छः ट्रम्प

ताजा समाचार

सबै

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छः ट्रम्प

चितवनमा म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक फरार

आदिवासी जनजातिको अपमान गरेको भन्दै सोविता गौतमको आलोचना

काठमाडौंको दुई स्थानमा दुई वटा गाडीमा आगजनी,दुर्गा प्रसाईंको पर्चा समेत भेटियो

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण

उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

घोषणापत्रभन्दा विकासका प्रगति हेर्न चाहन्छन् मतदाता

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

सुन तोलाको कतिले बढ्यो ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ३.
    संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ४.
    गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला

  • ५.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ६.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.