Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष २८, २०८२
☰
Logo सोमबार, पुष २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

गोरखाका बाढीपीडित भन्छन्, ‘हाम्रो समस्या सरकारले देखेन’

अश्विन दानी

गोरखा, ३१ जेठ-

‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍याे । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ,’ उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी बिलौना सुनाउँछिन् ।

पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दी घर भएकी अधिकारीलाई तीन वर्षदेखि बाढीले वर्षेनि दुख दिइरहन्छ । केही वर्ष अघि नै श्रीमानकाे मृत्यु भयो, छोरी बिहे गरेर गइन् । त्यसपछि उनी घरमा एक्लै छिन् । घरमा साथी भनेकै अहिले उनका लागि केही कुखुरा, बाख्रा र भैँसी छन् ।

कपाल सेतै फुलेका छन् । दुई/चार वटाबाहेक सबै दाँत झरिसके । बुढेशकालले छपक्कै छोपिसक्यो । तर, उनलाई खेतीपाती नगरी सुखै छैन । घर आसपासमै उनको ४ रोपनी खेत छ । यही खेतमा सिजन अनुसार धान, मकै लगाउँथिइन् ।

गत बिहीबार पनि वर्षासँगै आएको बाढीले उनको खेत र घर डुब्यो । खेर र घरमा बाढी पसेपछि उनको मन पनि पीडामा डुबेको छ । घर र खेत जति डुबेपनि सरकारले उनलाई राहत कहिल्यै दिँदैन्, दिएको उनलाई याद पनि छैन । तर, उनी पीडामा डुबेको आफ्नो मनलाई भने ‘जिन्दगी यस्तै त होनी’ भन्दै थम्थमाएर राहत दिइरहन्छिन् ।

‘धान काट्ने सुरु गर्दागर्दै बिहीबारको बाढीले सोत्तर बनायो । भोलिपल्ट भिजेका धानको बाला टिपेर पानीमा धोएँ, १० पाथी जति भयो । त्यही पनि तलामा लगेर रेलेकी छु, पाँच मुरी धान भित्रने आशा गरेको, १० पाथी भित्रियो’, उनले दुख पोख्दै भनिन्, ‘घरभित्र पनि पुरै हिलो पसेको थियो । दुई दिन लगाएर बल्लतल्ल फालेँ ।’

भित्र्याउने बेला भएको धान बाढीले डुबेर क्षति भएपछि उनको खासै कुनै काममा सुर जाँदैन । बाढी पसेदेखि घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दै उनको दिन बित्न थालेको छ ।

‘तीन वर्ष भईसक्यो बाढीले घर र खेत पुर्न थाल्याे, कहिले त घरै बगाउँछ क्या हो जस्तो डर लाग्छ । क्यार्नु ? अन्त गएर बस्ने ठाउँ पनि छैन । भएजति सबै यहीँ छ । चटक्कै छाडेर पनि कहाँ जानु ?’, उनी तीन वर्षयता बाढीले दिएको पीडा सुनाउँछिन् ।

यस क्षेत्रमा मात्रै करिब ३५ सय रोपनी किसानका खेतमा बाढी पसेको वडा कार्यालयले जनाएको छ । चुतीखोला र खारखोला आसपासका खेतमा बाढी पसेपछि भित्र्याउने बेला भएको चैते धान र मकै बाली सोत्तर भएको छ । कतिपयको बर्खे धान रोप्न ठिक्क पारेको खेतमा धार बदलेर खोला बगिरहेको छ । बाढिले लगेको पाँगो माटामा पुरिएका धान र मकै मिलेसम्म किसान जेनतेन झिक्दै छन् ।

‘१९ रोपनीमा मकैँ र धान लगाएको थिएँ । पाक्ने बेला भाथ्यो । बाढीले पुर्‍याे । यसपालि त अन्नकै अभाव हुन्छ जस्तो छ’, स्थानीय रामबहादुर अधिकारी भन्छन् ।

पालुङटार नगरपालिका–९ सिस्नेरीका टेकबहादुर नगरकोटीले अँधियामा खेत लिएर धान लगाएका थिए । उनले चैते धान लगाउँदा रोपार, बाउसे, हली गरेर ३५ हजार खर्च गरे । तर, धान काट्ने बेलैमा बाढिले सबै डुब्यो ।

‘अँधियामा लिएर चैते धान लगाएको थिएँ । २५ मुरी जति उब्जनी हुन्थ्यो, बाढीले सबै डुब्यो । दुख गर्नु मात्रै भयो । आउँदो वर्षबाट अब यहाँ खेती नै गर्दिँन’, उनले भने । डुबेको खेतमा देखिएका अलिअलि बाला काटेर धोइधाइ गर्दैछन् ।
‘डुब्नु डुबिहाल्यो । त्यही पनि अब केही मात्रै भएनि आउँछ कि भन्ने आश लाग्यो । के गर्नु ?’, नगरकोटी भन्छन् ।

पालुङटार क्षेत्रमा मात्रै दुई सय भन्दाबढी किसानको खेतमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ । यहाँ नेताहरु चुनावको बेला भोट माग्न आउँछन् । अनेक आश्वासन देखाउँछन्, पीडित जनताले दिएको भोटबाट सरकारमा पुग्छन् । तर, जनताका पीडा सम्बोधन गर्न कुनै पहल गर्दैनन् ।

‘संघ, प्रदेश स्थानीय सरकार छ । यी सरकार सबै चुप लागेर बस्या छन् । चुनावको बेला भोट माग्न चाँही सबै जना आउने, जनतासँग भोट माग्ने । भोट पाएर जितेर सरकारमा जाने तर जनता समस्यामा हुँदा बेवास्ता गर्ने, राहत दिन त परको कुरा हाे,’ स्थानीय खुतराज अधिकारीले गुनासो गरे ।

बिर्दी र शेरा बजार खोला कटानले जोखिममा छ । एक दर्जन घर उच्च जोखिममा छन् । तत्काल रोकथाम तथा न्यूनीकरणका तटबन्धन नगरे ठूलो जनधनको क्षति हुनसक्ने स्थानीय बताउँछन् । अन्य फोटो ग्यालरीमा छन् ।

‘खेत त प्रत्येक वर्ष बगाइरहेकै छ । यसपालिबाट घर नजिकै आइसक्यो । तत्काल तटबन्धन नगरे दर्जनौँ घर बगाउन सक्छ’, स्थानीय भुवन सेडाइँले भने ।

यहाँका किसानका समस्या समाधान गर्नका लागि संघ र प्रदेश सरकारसँग हारगुहार मागे पनि कतैबाट सम्बोधन नभएको वडाध्यक्ष भेजराज पाण्डे बताउँछन् ।

‘खोलामा तटबन्ध गर्न तीन वर्षअघि पालुङटार नगरपालिकाले प्रारम्भिक सर्वेक्षण गरेको थियो । त्यसका लागि करिब १६ करोड लागत लाग्ने अनुमान भएको थियो । हामीले स्रोत जुटाउन एउटा समिति बनाएर संघ र प्रदेश सरकारसम्म अनुरोध गरेका थियौं । तर, आजसम्म कतैबाट पनि सम्बोधन भएको छैन’, उनले भने ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा
गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन
चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

ताजा समाचार

सबै

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.