• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ ११, २०८२
☰
बुधबार, भदौ ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ३. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ४. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ५. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ६. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ७. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ८. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ९. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • १०. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    भरतपुर महानगरको नीति तथा कार्यक्रम : सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकता

    चितवन , ०८ असार
    भरतपुर महानगरपालिकाले समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखेको छ ।

    महानगर प्रमुख रेनु दाहालले आज १७ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिदै हरियाली प्रर्वधन र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

    संघीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नं. २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आ.व. ०८२/०८३ बाट कार्यान्वयन प्रारम्भ गरिने महानगर प्रमुख रेनु दाहालले बताइन्।

    “उज्यालो भरतपुर” अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारहरुलाई भूमिगत प्रणालीमा लैजाने काम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगरभित्रका पार्क, सामुदायिक वन तथा अन्य पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने व्यवस्था गरी राजस्वको दायरामा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगर प्रमुख दाहालले सम्बन्धित निकायहरूको सहयोग तथा समन्वयमा साझा पूर्वाधार अवधारणा अनुसार नगरभित्रका विद्युत, टेलिफोन, केबुल लाईन र ईन्टरनेटका तारलाई भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने बताइन्।

    महानगरपालिकाभित्रका खोला तथा नाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रहरूको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगरभित्रका नगर गौरवका आयोजनाहरूलाई सार्वजनिक–निजी–साझेदारी विधिबाट सञ्चालन गर्ने नीतिअनुरुप लायन्स चोकमा महानगरीय व्यवसायिक भवन यसै आ.व.मा निर्माण सुरु गरिने छ । फोहरमैला व्यवस्थापनको लागि आधुनिक पूर्वाधारसहितको ल्याण्डफिल साईट निर्माण कार्य सार्वजनिक निजी साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    संघ तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाभित्र निर्माणाधीन देशकै बृहत् महानगरीय चक्रपथ र लिङ्करोडको बाँकी खण्डमा निर्माण कार्य अगाडि बढाउने लक्ष्य लिएको छ । १७ औँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको सिटीहल, रानीपोखरी पार्क, लक्ष्मी नारायण मन्दिर तथा पार्कलगायतका आयोजनाहरू संघीय सरकासँगको समन्वयमा निर्माण सम्पन्न गरी आ.व. ०८२/०८३ भित्र सञ्चालनमा ल्याइने जनाइएको छ ।

    दियालो बङ्गला सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइने
    भरतपुर महानगरपालिकाले दियालो बङ्गला सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको संग्राहालयलाई हरियाली पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण गरी थप व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा जनाइएको छ ।

    यो सँगै देवनगर वन्यजन्तु उद्धार केन्द्र, राईनो चिल्ड्रेन पार्क, लक्ष्मीनारायण मन्दिर, प्रज्ञा स्मृति पार्क, रानिपोखरी, जोरकुसुम पार्क, देविस्थान पार्क लगायतलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन गरिने महानगर प्रमुख दाहालले बताइन्। पटिहानी ईको पार्कलाई गुरुयोजना बमोजिम प्रदेश सरकारको सहकार्यका निर्माण बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    फोहर व्यवस्थापनलाई प्राथमिकता दिइने

    भरतपुर महानगरपालिकाले फोहरलाई स्रोतमा नै वर्गीकरण गर्न प्रेरित गरिनेछ ।वर्गीकरण नगरी फोहर उत्सर्जन गर्ने उत्सर्जकहरुलाई कडाइका साथ दण्ड जरिवाना गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । अन्तिम विसर्जनका लागि ल्याइएका फोहरहरुलाई वातावरणमैत्री विधिबाट व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचकमा आधारित वातावरणमैत्री घर, टोल, वडा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख दाहालले बताइन्। आवश्यक मापदण्ड पूरा गर्ने वडाहरुलाई वातावरणमैत्री वडा घोषणा गरिने नीति लिइएको छ ।

    यस्तै अस्पतालजन्य फोहरमैला व्यवस्थापन गर्न सम्बन्धित स्वास्थ्य संस्थालाई निर्मलीकरण गराउन पूर्ण जिम्मेवार बनाइने बताइएको छ । निर्मलीकरण गर्न नसक्ने संस्थाहरुको फोहरलाई महानगरको समन्वयमा निजी सेवा प्रदायक संस्थामार्फत निर्मलीकरण गरी अन्तिम विर्सजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगरकै नर्सरीमा उत्पादित विरुवा रोपिनुका साथै विक्री वितरण गरिने

    हरियाली महानगरपालिका कार्यक्रमको लागि महानगरको आफ्नै नर्सरीबाट उत्पादित विभिन्न जातका फलफूलका विरुवाहरु रोपिनुका साथै विक्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । चोक सुधार कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख दाहालले बताइन्।

    “भरतपुर महानगरः हरियाली तथा स्वच्छ सहर” अवधारणालाई सार्थक बनाउन हरियाली एवं सरसफाई वर्ष कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्धनका कार्यक्रमलाई टोल विकास संस्थाहरु समेतलाई परिचालन गरी सरसफाई र हरियालीलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
    मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षरोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका विरुवा निःशुल्क वितरण गरिने जनाइएको छ । “एक घर, दुई रुखको नीति” लाई घर निर्माण सम्पन्न प्रकृयामै समावेश गरी प्रभावकारी कार्यान्वयन र उचित संरक्षणको व्यवस्था गरिने पनि जनाइएको छ । यस्तै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई मागको आधारमा निःशुल्क विरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने बताइएको छ ।

    व्यवसायिक संस्थागत उत्तरदायित्व अन्तर्गत निजी क्षेत्र र सामाजिक संघसंस्थासँगको साझेदारीमा सडक तथा नदी किनार र सार्वजनिक जग्गामा वृक्षरोपण गर्दै विरुवा हुर्काउने अभियानलाई निरन्तरता दिइनेछ। वर, पिपल रोप्ने अभियान सञ्चालन गरी टोल विकास संस्थामार्फत संरक्षण कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    वातावरण संरक्षण तथा जलवायु अनुकूलन सम्बन्धि कार्यक्रममा वन तथा वातावरण विज्ञान सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने शैक्षिक तथा अन्य संघ संस्थासँगको सहकार्यमा स्वंयसेवक परिचालन गरिने जनाइएको छ ।स्थानीय निर्माण सामाग्रीको प्रयोगलाई प्रवर्धन गरिने १७ औँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

      Chitwan Aaja चितवन आज
      आइतबार, असार ०८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु
      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

      ताजा समाचार

      सबै

      रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

      चितवनबाट दिदीबहिनी बेपत्ता

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ३.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ४.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      • ५.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      • ६.
        हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.