काठमाडौं, असोज ८-
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू बुधबार स्वदेश फर्किने भएका छन् ।
उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार दश दिने चीन भ्रमणमा गएको रास्वपाको टोली सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा बुधबार मात्रै फर्किने भएका हुन् । सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि टोली नेपाल फर्किन लागेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चिन गएको थियो ।
सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै जीबी राई, रास्वपा सभापति रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।







