काठमाडौं, माघ २१-
नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (माघ २०) गते बढेको सुनको मूल्य आज बुधबार (माघ २१) मा पनि बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।







