काठमाडाैं असोज ४
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसरमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री आज ओली अमेरिका उडेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले यही असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







