काठमाडौँ, भदौ २८-
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको सांसद सुदन किरातीले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारी, संसदमा माओवादीको भूमिका लगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।