Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ २२, २०८२
☰
Logo बिहिबार, माघ २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ७. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ८. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ९. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • १०. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

कहिल्यै उड्ने छैन एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमान

काठमाडौँ, २५ भदौ : 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार उत्सव मनाउनेगरी सजधज तय गरिएको थियो । नेपाली आकाशमा १६ वर्ष उडान भरेको बुद्ध एयरको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमानको बिदाइ समारोह भव्य तुल्याइएको थियो ।

उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक पनि थियो । आफ्नो व्यावसायिक उडानमा रहेको विमानलाई बिदा गर्ने क्षणमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत भावुक थिए । बुद्ध एयरका कर्मचारी परिवार मात्रै हैन उपस्थित सरोकारवाला र सञ्चारकर्मी पनि भावुक भएका थिए । लामो समय यात्रुलाई सेवा दिएको विमान बिदाइ गर्दा भावुक माहोल सिर्जना हुनु स्वाभाविक पनि हो ।

“आजको समारोह विश्वव्यापी रूपमा एटिआर विमान सञ्चालनको इतिहासमा कोसेढुङ्गा हो । हामीले ७० हजार साइकलको पूर्ण आर्थिक जीवन र त्यो पनि व्यावसायिक यात्रु सञ्चालनमार्फत प्रतिस्पर्धा गर्ने पहिलो एटिआरलाई बिदाइ गर्दैछौँ । साच्चै यो ऐतिहासिक क्षण हो”, अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले आगामी दिनमा नेपाल र नेपालीका लागि उत्कृष्ट उड्डयन सेवा प्रदान गर्न प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको दाबी गर्नुभयो । “सन् २००८ मा दुई वटा एटिआर–४२ विमान भित्र्याएर उडानको फड्को मारौँ अब, यो विमान इतिहास बनेको छ । बाँकी १८ एटिआर विमानले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउछौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।

उडान अवधिमा ७० हजार उडान अवतरण (साइकल) गरेको एटिआर–४२  विमानलाई पहिलो पटक आज बिदाइ गरिएको हो । एटिआरको इतिहासमा यो नै पहिलो बिदाइ कार्यक्रम भएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बनाउनुभयो । कूल ४५ सिट क्षमताको एटिआर विमानले १६ वर्षमा ४४ हजार चार सय ७७ उडानमार्फत एक दशमलव आठ मिलियन यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।

बुद्ध एयरको टेक्निकल डिपार्टका निर्देेशक मंगेश थापाले एटिआर कम्पनीको मापदण्डअनुरुप विमानले निश्चित साइकल पूरा गरिसकेपछि उडानबाट ‘रिटायर्ड’ हुने भएकाले विमानलाई उडानबाट बिदाइ गरिएको बताउनुभयो । “अन्य सिरिजका जहाजले ७० हजार साइकल पूरा गरेपछि पनि उडानमा ल्याएका हुन्छन् तर एटिआरको मापदण्ड नै ७० हजार साइकल भएकाले यसलाई उडानबाट बिदा गरिएको हो”, उहाँले भन्नुभयो । उहाँले उडानबाट बिदाइ भएको विमानको बाहिरी भाग नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र विमानभित्रका पार्टपुर्जा अन्य जहाजको मर्मतमा प्रयोग गरिने जानकारी दिनुभयो ।

पहिलो पटक एटिआर विमानको बिदाइ

बुद्ध एयरको एटिआर–४२ विमान बिदाइ कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोराले सम्मान दिएर उक्त विमानलाई बिदाइ गरिएको छ । एउटै विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको एटिआर विमानले अब कहिल्यै उडान भर्ने छैन ।

बुद्ध एयरले सन् २००८ भित्र्याएको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त एटिआर विमानलाई अब कहिल्यै नउडाउनेगरी बिदा गरेको हो । कम्पनीसँग ४७ सिटका एटिआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटिआर विमान छन् ।

विमानको उमेर उसको उडान अवतरण सङ्ख्याले निर्धारण गर्ने विज्ञहरू बताउँछन् । “विमानको उमेर अवधि साता, दिन, वर्षका आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित सङ्ख्यापछि मर्मतसम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ”, निर्देशक थापाले भन्नुभयो । उहाँका अनुसार विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन । यसपछि विमानलाई बिदाइ गर्नैपर्ने हुन्छ । बुद्ध एयरले १८ वटा एटिआर विमान भित्रयाइसकेको छ ।

बुद्ध एयर एटिआर सञ्चालन गर्ने संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी रहेको जनाइएको छ । एटिआरले अहिलेसम्म करिब २५ हजार विमान निर्माण गरिसकेको बताइन्छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पारगरी यसरी बिदाइ गरिएको संसारमै पहिलो पटक हो । यसैगरी एटिआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको विमानको गुणस्तरीय उडान सेवा र दक्ष जनशक्तिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थलका महाप्रबन्धक रिञ्जी शेर्पाले बुद्ध एयरले सुरक्षित उडानमा गरिरहेको अभ्यासको सराहना गर्दै आगामी दिनमा यात्रुको सेवा सुरक्षालाई थप बलियो बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूतावास एल्सा काली, एटिआर कम्पनीका प्रतिनिधि पवन तनवानीलगायत विभिन्न बैंकका सिइओहरुको उपस्थिति थियो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी
काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

ताजा समाचार

सबै

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

भरतपुरमा देउराली–जनता फार्मास्युटिकल्सले नयाँ औषधि उद्योग स्थापना गर्दै

क्यान्सर दिवसमा चितवन मेडिकल कलेजमा निःशुल्क बहिरङ्ग सेवा

फेरी बढ्यो सुनको मूल्य

राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

महोत्तरीको उखु खेतमा आगलागी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.