काठमाडौँ, भदौ २४-
सहकारी संस्था विषेश छानबिन समितिले विभिन्न सहकारीका ऋणीहरूको अनुभवकेन्द्रित परामर्श र छलफल गरेको छ । सोमबार समितिले ६ जनासँग अनुभवकेन्द्रित परामर्श र छलफल गरेको हो ।
समितिका सभापति सूर्य थापाका अनुसार रामकृष्ण ढकाल, सागर बगाले, कुन्दन अर्याल, सुरेश आचार्य, अनकान्त मैनाली र विदुर धमलासँग समितिले छलफल गरेको हो ।
आज समितिको ५५ औं बैठक बसेको थियो ।







