१९ भदौ, विराटनगर
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको पाइएको छ ।
सुन्दरहरैँचा–७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृत भेटिएका थिए ।
घटनाको चार दिनपछि उनीहरुका आमा अस्मितालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । अस्मिता विक्षिप्त अवस्थामा बुधबार बिहान ४ बजे भेटिएकी हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमानले धम्की दिएपछि उनले आफूले विष सेवन गरी छोरीहरुलाई पनि विष सेवन गराएको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीले उनलाई पक्राउ गरेर सुरुमा कोशी अस्पतालमा उपचारका लागि लगेको थियो ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख कार्कीले बताए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







