काठमाडौं, भदौ १८-
नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएकाे छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ ।
बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ ।
बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।