काठमाडौँ, भदौ १७-
कैलालीको धनगढीस्थित विमानस्थलबाट २१ वटा आईफोनसहित एक जना पक्राउ परेका छन् ।
सोमबार बिहान विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेश द्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेश द्वारको नजिक रहेको एक्स रे मेसिनमा चेकजाँच गर्दा २७ वर्षीय राजु चौधरीको साथबाट २१ वटा आईफोन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चौधरीले कार्टुनमा प्याक गरी ल्याएको उक्त परिमाणको आईफोनको मूल्य अन्दाजी ८ लाख ४० बराबरको भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद सामानसहित चौधरीलाई नियन्त्रणमा लिएर कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाएको जनाएको छ ।







