काठमाडौं, भदौ १३-
सत्तारूढ नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो ।
बैठकबाट समसामयिक राजनीतिक विषयमा उठेका केही मुद्दामा पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गरिने प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टीको एकवर्षे कार्ययोजना तय गर्नेछ । “पार्टीको वार्षिक कार्ययोजना बैठकको छलफलको एजेन्डा छ । संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्छाैँ । त्यसका लागि संगठन विस्तार परिचालन गरिनेछ,” गौतमले भने ।