काठमाडौं, १३ भदौ
सप्तरीमा बँदेल मारेको आरोपमा गए राति प्रहरीले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १० जनालाई पक्राउ गरेको छ ।
सप्तरीको भारदह क्षेत्रमा बँदेल मारेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।
खेतमा स्थानीयले बँदेल मारेको र त्यहीँनजिक पूर्वडीआईजी पनि भेटिएका कारण सोधपुछका निम्ति नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेल बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







