रौतहट, १२ भदौ
रौतहटबाट सशस्त्र प्रहरीले अवैध चार लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको टोलीले अवैध ४ लाख नेपाली रुपैयाँसहित भारतीय ६१ वर्षीय ईसमाईल मियाँलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका मियाँमाथि चेकजाँच गर्दा उक्त रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए ।
बरामद अवैध रुपैयाँसहित भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।







