काठमाडौं, भदौ १२-
नेकपा माओवादीको सशस्त्र युद्धलाई एमाले सचिव तथा सांसद योगेश भट्टराईले १० वर्षे हिंसात्मक द्वन्द्व भनेपछि संसद् अवरुद्ध भएको छ ।
भट्टराईले माओवादीको १० वर्षे हिंसात्मक द्वन्द्व नभएको भए लोडसेडिङ अन्त्यका लागि ०७५ साल कुर्नु नपर्ने बताएका थिए । उनले सशस्त्र द्वन्द्वलाई ‘हिंसात्मक द्वन्द्व’ भनेकोे भन्दै उनको भनाई रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन माग गरे । सापकोटाले त्यस्तो माग गर्दा सांसद भट्टराईले दोहोर्याएर भनेका थिए, “भने त्यो हिंसा नैहो र त्यो हाम्रो परिभाषा हो ।”
माआवादीबाट चर्को विरोध भएपछि सभामुख देवराज घिमिरेले हिंसात्मक द्वन्द्व भनेका विषयमा छानबिनका लागि सचिवाललयलाई निर्देशन दिए । तर, सांसद भट्टराईले राजनीतिक प्रतिबद्धतामा छानबिन हुन नसक्ने बताए ।
“सचिवालयले छानबिन गर्नु होला । तर, राजनीतिक प्रतिबद्धतामा कसैले छानबिन गर्न सक्दैन,” भट्टराईले भने, “मेरो दलीय आस्थामाथि छानबिन गर्ने को ?” भट्टराईले त्यति भनेर मान्छे मार्ने, विद्युतका टावरमा विस्फोट गर्नेलगायत काम हिंसा नभएर के हुन् भन्दै प्रश्न गरेका थिए ।