काठमाडौँ, भदौ ११-
माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर–३ घर भएका कन्नजित राउत छन् ।
४० वर्षीय राउतलाई काठमाडौँ महानगरपालिका–९ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
गौशाला बस्दै आएका राउतले एकजना पीडितबाट ३ लाख ६० हजार ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।







