काठमाडौं, भदौ ८-
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे आज काठमाडौं आएकी छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान राज्यमंत्री रक्षा खडसे काठमाडौं आएकी हुन् ।
घाइते भएका १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ र मन्त्री त्यही पुग्ने बताइएको छ । मन्त्री खड्सेसँगै भारतीय सांसद पनि आएको बताइएको छ ।
मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने भारतीय अखबार इन्डिया टुडेले उल्लेख गरेको छ ।







