काठमाडौं,भदौ ७–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयानका लागि संसदीय छानबिन समितिमा पुगेका छन् ।
आज अपराह्न ४ बजे सिंहदरबारमा बसेको समितिको बैठकमा लामिछाने पुगेका हुन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई छानबिन समितिले बोलाएको थियो ।
आजै समितिले गोरखा मिडिया नेटवर्क प्रा.लि.का पूर्वसञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको छ । छविको बयान सकिएसँगै रविको सुरु भएको हो ।







